अरूण पूर्वका ९ जिल्लालाई लिम्बुवान हुनुपर्ने माग राख्दै आएको लिम्वुवान र राष्ट्रिय जनमुक्ति पार्टी ले आईतबार आव्हान गरेको बन्दका कारण झापा लगायत पूर्वको जनजीवन प्रभावित भएको छ। राजमार्गमा सगरमाथा यातायातद्धारा संचालित यात्रुवहाक बसबाहेक अन्य कुनै यातायातका साधन चलेनन्। काकडभिट्टाबाट छुट्ने सगरमाथा यातायातका यात्रुबहाक बस धरान र विराटनगर पुगेर पुन गन्तव्य काकडभिट्टा फर्किएको सगरमाथा यातायातले जनाएको छ।…