बाढीपहिरोले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्तः ७ जनाको मृत्यु, दुई दर्जनभन्दा बढी बेपत्ता

धनगढी– आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिममा बाढी, पहिरो र डुबानले जनजिवन अस्तव्यस्त भएको छ। सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोमा परी मंगलबार बेलुकासम्म सात जनाको मृत्यु भएको छ। कैलाली कञ्चनपुर बाहेक सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत र टेलिफोन सेवा अवरुद्ध हुँदा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन। बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको […]