दोलखाको सिंगटी बजारलाई कटान हुनबाट जोगाउन शुरु भयो तटबन्ध निर्माण :: Pahilopost.com

गोकर्णप्रसाद भण्डारी  चरिकोट :  नदी कटानबाट बस्ती जोगाउन दोलखाको सिंगटी बजारमा तटबन्ध निर्माण गरिएको छ। दोलखा उत्तरी क्षेत्रको केन्द्रका रुपमा विकास भइरहेको सिंगटी बजारमा रहेको ४०० घरलाई नदी कटानबाट जोगाउन तटबन्ध निर्माण गरिएको हो ।  भूकम्पले भत्काएको र तामाकोशी नदी, सिंगटी खोलाले जमिन कटान गर्न थालेपछि त्यहाँका चार सय घर बाढीपहिरोको

सम्बन्धित सामग्री

कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु

सिरहा र सप्तरीको सीमा रहेको बलान नदीले लहान नगरपालिका-२३ मा सुख्खा माैसममा समेत जारी राखेको कटान रोक्न तटबन्ध निर्माण कार्य सुरु गरेको छ ।

महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण उक्त क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार […]

बेलका नगरपालिकाले थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

१ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु […]

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थाय

मेलम्ची करिडोरका २९ स्थानमा तटबन्ध

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन्। नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन्। गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ। यसले नदीको बहाब नियन्त्रण गर्न, बस्ती […]

बेनी बजारलाई जोगाउन तटबन्ध निर्माण सुरु

म्याग्दी – कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनीबजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथासिँचाइमन्त्रालयअन्तरगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा जोखिमपूर्ण क्षेत्रमा तटबन्ध निर्माण सुरु गरेको हो ।कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीबजार नदी कटानको उच्च जोखिममा पर्छ । बेनीबजार संरक्षण योजना निर्माणका लागि […]

नदी कटान रोक्न जैविक तटबन्ध निर्माण

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–९ सीताबस्तीका करन ऐडीले दुई बिघा जग्गामा लगाएको उखु खेती बर्सेनि दोदा नदीमा आउने बाढीले जग्गा कटान गरी बगाउने गरेको छ । जग्गासँगै खेतमा रोपेको उखु बाली नदीको बाढीले बगाउन थालेपछि उनी निकै चिन्तित छन् । नदीमा पानीको बहाव उच्च भएका बेला बाढीको पानी खेतमा चढेर डुबानसमेत पार्ने गरेको छ ।      उखु बालीबाट उनले चाहेजस्तो आम्दानी लिन सकेका छैनन् । ‘नेपाल–भारतको सीमावर्ती क्षेत्र भएकाले नदीको धार परिवर्तन गर्न पनि सकिने अवस्था छैन’,  उनले भने, ‘पहिला नदी भारततर्फ भएर बग्ने गरेको थियो । नेपालतर्फ खासै क्षति पुर्‍याउँदैनथ्यो । हाल नदीको धार परिवर्तन भई नेपालतर्फ भएर बग्न थालेपछि उब्जाउ जमिन बगाउन थालेको छ । भारततर्फ जंगल (दुधुवा नेशनल पार्क) भएकाले खासै क्षति पुर्‍याएको छैन ।’       सीताबस्तीका दुई दर्जन परिवारको जग्गा नदी छेउमै पर्छ । कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीले झन्डै ७०० मिटर क्षेत्रमा जग्गा कटान गरेको छ । धेरै किसानको जग्गा नदीले बगाई बगरमा परिणत गरिसकेको छ । नदीमा अझै पानीको बहाव उच्च हुँदा जग्गा कटान जारी छ । जग्गा कटान रोक्नका लागि स्थानीय बासिन्दाले विपद् व्यवस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माणको कार्यमा जुटेका छन् ।       ‘धेरै ठाउँमा पुगेर जैविक तटबन्धको प्रभावकारिताका बारेमा जानकारी लिएपछि जैविक तटबन्ध निर्माणमा जुटेका छौं’, समितिका अध्यक्ष पदम परियारले भने, ‘बाढीको पानीबाट जग्गा जोगाउन जैविक तटबन्धले प्रभावकारी भूमिका खेलेको पाइएपछि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनासँग समन्वय गरी बाँसको जैविक तटबन्ध निर्माणमा जुटेका छौं ।’ थोरै लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणका लागि पुर्नवास नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पु¥याएको छ । कार्यक्रमअन्र्तगत नगरपालिकाले अदक्ष कामदारको ज्यालाबापतको रकम बेहोर्ने भएको छ । पहिलो चरणमा नदीको बहावले बढी क्षति पु¥याउन थालेको क्षेत्रमा ३०० मिटर जैविक तटबन्ध निर्माण भइरहेको छ । यसका लागि ४ लाख ९१ हजार ९३३ बजेटको व्यवस्था गरिएको छ । सो परियोजनाले दोदा नदीले गरिरहेको जग्गा कटान रोकथामका लागि २ लाख २४ हजार ९४, स्थानीय समुदायको श्रमदान, नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत ६३ हजार ८३९ र नगरपालिकाले स्थानीय सामग्रीको व्यवस्थापनका लागि १ लाख ९९ हजार ९२५ रकम बेहोर्ने सहमति भएको परियोजनाका अधिकृत महेश घिमिरेले जानकारी दिए । उनका अनुसार जैविक तटबन्ध निर्माणका लागि दक्ष कामदार ७८ र अदक्ष कामदार १२४ जना लाग्ने भएका छन् ।       तटबन्ध निर्माणमा बाँस ९१८ र बालुवाका बोरा ६ हजार ४०० लाग्ने अनुमान गरिएको छ । तटबन्ध निर्माणपछि नदी तटीय क्षेत्रमा वृक्षरोपणको कार्यसमेत हुनेछ । जिल्लाका अरू क्षेत्रका लागि जैविक तटबन्ध निर्माण नौलो नभए पनि सीताबस्तीमा भने पहिलो पटक जैविक तटबन्ध निर्माण हुन लागेको हो । विपद् व्यवस्थापन समितिका सचिव कृष्ण दाहाल जैविक तटबन्ध निर्माण यस क्षेत्रकै लागि नौलो भएको बताउँछन् । ढुंगा र तारजालीको प्रयोग गरी निर्माण हुने तटबन्ध निर्माणका लागि धेरै निकायमा पुगे पनि सुनवाइ नभएको उनले बताए । रासस

खोरिया गाउँमा नदी कटान क्षेत्रको अस्थायी तटबन्ध निर्माण सुरु

‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।...

कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा

टीकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल […]

फेराखोलाबाट बचाउन तटबन्ध निर्माण

जाजरकोट : वर्षाैंदेखि खेतीयोग्य जमिन कटान गर्दै आएको फेराखोलामा तटबन्ध निर्माण गरिएको छ। जिल्लाको भेरी नगरपालिका ७, ८ र ९ का विभिन्न ठाउँमा खोलाले क्षति पुर्‍याउँदै आएकाले तटबन्ध निर्माण सुरु गरिएको हो।  फेराखोलामा करिव पाँच किलोमिटर लामो तटबन्ध निर्माण गर्न लागिएको भेरी नगरपालिकाकी उपप्रम...