कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा

टीकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल […]

सम्बन्धित सामग्री

कर्णाली गाँउ पस्ने खतरा

कर्णाली नदीमा पानीको बहाव बढेसँंगै कटान तीव्र बनाएको छ । टीकापुर नगरपालिका–५ शाहीपुर क्षेत्रमा भएको तटबन्ध भत्काउदै लगेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो । तटबन्ध भत्किएर नदी गाउँ पसेमा टीकापुरको दक्षिणी भाग वडा नं ५, ७, ८ र ९ मा बढी जोखिम रहेको छ । यी क्षेत्रका बासिन्दालाई सचेत रहन सूचना दिइसकिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताएका छन् ।

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास

कैलाली । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले वर्षेनि सयौं बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरू भएपछि यस क्षेत्रका बासिन्दा नदी कटान तथा डुबानको चिन्तामा हुन्छन् । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि जमीन कटान तीव्र हुँदा बस्ती नै जोखिममा पर्ने गर्दछ । कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले वर्षेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ । ‘सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ,’ वन समितिका अध्यक्ष धनसिंह साउदले भने, ‘जंगल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरू भएको ६ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन ।’ अध्यक्ष साउद वर्षेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउँछन् । ‘तटबन्ध निर्माण कार्यमा दैनिक पाँच÷छ जनामात्र कामदार काममा खटेका छन्,’ उनले भने, ‘काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन् कटान बढाएको छ । जंगलको एउटा प्लट पूरै कटान भइसकेको छ ।’ तटबन्ध निर्माणका नाममा भइरहेको ढुंगा उत्खननले नदी कटान तीव्र पार्दा झन् जोखिम बढेको आरोप उनले लगाए । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलंका, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउँछन् । ‘श्रीलंका बस्ती वर्षेनि दर्जनौं बिघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ,’ वडाध्यक्ष ठकुल्लाले भने, ‘यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरू भएको थियो । बर्खा लागेपछि त्यो काम पनि शुरू हुन सकेको छैन । यस वर्ष वर्षात्मा थप जोखिम बढ्ने देखिएको छ ।’      कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । निर्माण भइरहेका तटबन्ध ठेकेदार कम्पनीले समयमै सम्पन्न नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ । सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो । रासस