कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित सनवोरा नदीले पुर्याएको भूक्षय रोक्न जैविक तटबन्ध निर्माण कार्य गर्दै स्थानीय । कम लागतमा निर्माण हुने र भूक्षय रोक्नका लागि प्रभावकारी हुँदा वडा कार्यालयको बजेटमा स्थानीयले झण्डै चार सय मिटर लामो जैविक तटबन्ध निर्माण गरिरहेका छन् ।
कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। कटानको उच्च जोखिममा रहेको दोदामा तटबन्ध निर्माण कार्य सुरु गरिएको हो।
चुरे भएर दक्षिण बग्ने दोदाले हरेक वर्षातका बेला लालझाडी गाउँपालिकामा बढि...
काठमाडौं, मंसिर २१ । भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालसँग कुनै समन्वय नगरी महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी बनाइरहेको तटबन्ध निर्माण कार्य रोकेको छ। भारतले बलमिच्याइँ ढंगले गरिरहेको तटबन्ध निर्माणको स्थानीयले विरोध गरेपछि तनाव उत्पन्न भएको र भारतीय पक्षले तटबन्धको निर्माण कार्य रोकेको हो। महाकाली नदीको धार नेपालतर्फ फर्कंदा दार्चुला सदरमुकाम खलंगालगायत बस्ती नै बगाउने उच्च […]
७ असोज, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । ३१ भदौ र १ असोजको अविरल वषर्ापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति भएको थियो । तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए । सुदूरपश्चिमकै […]
कञ्चनपुर : महाकाली नदी बस्तीमा छिर्नबाट रोक्नका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू तटबन्ध निर्माणमा जुटेका छन्।भीमदत्त नगरपालिका १२ भुजेल ऐरीघाट क्षेत्रमा तारजालीमा ढुङ्गा राखेर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। ‘पहुँच मार्ग तोडेर बस्तीमा छिरेको नदीको बहाव रोक्नका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ&rsquo
जेठ ३१, रौतहट । बाढी, डुवान, कटानको क्षति न्यूनीकरणका लागि वाग्मती तथा लालबकैया नदीमा तटबन्धको निर्माण कार्य शुरु भएको छ ।
उच्च जोखिममा रहेका रौतहटका विभिन्न स्थानहरुमा मनसुन शुुरु हुनु अघि नै बाँध मर्मत तथा निर्माण कार्य थालिएको हो । लालबकैया र वाग्मती नदीबाट करीब २६ स्थान उच्च जोखिममा रहेको छ ।
वाग्मती नदिबाट नेपाल भारत सीमा क्षेत्रको उत्तरसम्म साढे १७ किलोमिटर बाँध उच्च जोखिममा रहेको वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए ।
उनका अनुसार ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा लगायतका स्थान उच्च जोखिममा पर्छ । नदीको बाँध निर्माण तथा मर्मतका लागि भने बजेट अभाव रहेको उनले बताए । बाँध निर्माणका लागि ४१ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने भएकाले मन्त्रालय र विभागमा पत्रचार गरीएको उनको भनाइ छ ।
अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाईएको भएपनि अहिलेसम्म बजेट निकासा नभएका उनको गुनासो छ । वाग्मती नदीको १२ र बकैयाको १६ स्थान गरी २८ स्थानमा बाँध निर्माणको लागि उक्त रकम आवश्यक पर्ने उनले बताए ।
यस वर्ष साविकको भन्दा दोब्बर वर्षा हुने सम्भावना रहेकाले पूर्व तयारी थालिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
पूर्व तयारी अन्तर्गत सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत लगायतका कार्यको अभ्यास गराईएको उनले बताए । गौर नगरपालिका ५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना एकीकृत गरी अभ्यास गराईएको हो । बाढीको उच्च जोखिममा रौतहट रहेकाले जिल्ला विपत व्यवस्थापन समितिले पूर्व तयारीका लागि अभ्यास गरेको हो ।
विपतभन्दा पहिलेको पूर्व तयारीको अभ्यासले समस्या परेका बेला तत्काल समन्वय गरेर जनधनको क्षति कम गर्न सकिने प्रजिअ यादवले बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमति र जानकारी बिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेकाले तटबन्ध निर्माण कार्य तत्काल […]
दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै/भौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ ।
अन्तर्राष्ट्रिय सन्धि/सम्झौता उल्लंघन गर्दै महाकाली नदीपारि एकतर्फी तटबन्ध निर्माण कार्य थालेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई पछिल्ला तीन सातामा दुईवटा कूटनीतिक पत्र पठाएको थियो । परराष्ट्र स्रोतका अनुसार एकतर्फी रूपमा तटबन्ध निर्माण गरेर विगतका सहमति उल्लंघन भएको...