नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । दाङमा केन्द्रीय कार्यालय रहेको यस संस्थाका पदाधिकारीहरुले राष्ट्र बैंकको निर्देशन र ग्राहकको हितविपरित काम गरेर संस्थालाई समस्यामा पुर्याएकाले समस्याग्रस्त घोषणा गरिएको बताइएको छ ।