सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

नेपाल राष्ट्र बैङ्कले दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । नेपाल राष्ट्र बैङ्कको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणका आधारमा समस्याग्रस्त घोषणा गरिएको बुधबार जनाएको हो । विभागका अनुसार सो लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले प्रत्यक्ष संलग्न भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह भएको देखिएको छ । प्राथमिक पुँजी कोष अनुपात १०

सम्बन्धित सामग्री

राष्ट्र बैंकद्वारा २ वटा लघुवित्तलाई कारवाही

नेपाल राष्ट्र बैंकले २ वटा लघुवित्त कम्पनीलाई कारवाही गरेको छ। राष्ट्र बैंकले गरेको गैर स्थलगत सुपरिवेक्षणको क्रममा राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम नगरेकोले राष्ट्र बैंकले ति कम्पनीलाई कारवाही गरेको हो । लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असार मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा बुद्धज्योति लघुवित्त वित्तीय संस्था लि. र सुपर लघुवित्त वित्तीय संस्था लि. को पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ। दुवै संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बाँकी अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले पुंँजीकोष सम्बन्धीे निर्देशनको पालना गरेको देखिन्छ ।त्यस्तै अघिल्लो त्रयमासमा कायम रहेको प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत संकलन गर्न पाउने विद्यमान व्यवस्था रहेकोमा २०७९ असार मसान्तमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ  ।राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाले असल र सुक्ष्म निगरानी कर्जाका लागि क्रमश १.३ प्रतिशत र ५ प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेका छन् । त्यस्तै २०७९ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जा लाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमश २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात २.२९ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।सुपरिवेक्षणको क्रममा  निम्न अवस्था भेटिएको राष्ट्र बैंकले जनाएको छ ।१. लघुवित्त वित्तीय संस्थाहरुले आफूले प्रदान गरेको कुल कर्जाको एक–तिहाईमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्नसक्नेव्यवस्था रहेकोमा आर्थिक वर्ष २०७९ असार मसान्तमा धितो कर्जा कुल कर्जाको १८.२० प्रतिशत रहेको देखिन्छ । २. यस बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असार मसान्तमा सबै लघुवित्त वित्तीय संस्थाहरुले सो निर्देशनकोपालना गरेको देखिन्छ । ३. यस बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन २०७८ अनुसार सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्ति अनुपात तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो कुल बचत तथा निक्षेप दायित्वको ४ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ असार मसान्तमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुले सो व्यवस्थाको पालना गरेको देखिन्छ । ४. राष्ट्र बैंकबाट जारी भएको निर्देशन नं. ९ बमोजिम वित्तीय विवरणहरु यस बैंकमा पठाउनु पर्ने व्यवस्थाको सम्बन्धमा २०७९ असार मसान्तसम्ममा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुले आवश्यक कागजात तथा वित्तीय विवरणहरु पठाइरहेको देखिन्छ ।

सुपर लघुवित्त समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । कम्पनीको २०७८ साल असोज मसान्तसम्मको वित्तीय विवरणको आधारमा गरिएको स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणका आधारमा कम्पनीलाई समस्याग्रस्त घोषणा गरिएको हो । कम्पनीका सञ्चालक समितिको अध्यक्ष तथा सदस्यहरू प्रत्येक्ष सम्मिलित भएर संस्थाको हितविपरीत व्यक्तिगत लाभकका...

सुपर लघुवित्त समस्याग्रस्त घोषणा, सञ्चालकहरूबाटै कर्जाको दुरुपयोग

नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि...

दाङको सुपर लघुवित्त राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा

रुपन्देही । नेपाल राष्ट्र बैंकले दाङको तुल्सीपुरस्थित सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । ०७८ असोज मसान्तसम्मको वित्तीय विवरणलाई आधार बनाएर गरिएको स्थलगत निरीक्षणपछि बैंकले यस्तो घोषणा गरेको हो । निरीक्षणका क्रममा संचालक समिति अधयक्ष तथा सदस्यहरुले नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने काममा संलग्न भएको भेटिएको राष्ट्र बैंकको […]

राष्ट्र बैंकद्वारा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा

नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०७८ साल कात्तिक ७ देखि कात्तिक १२ गतेसम्म गरेको समष्टिगत स्थलगत निरीक्षण र २०७८ मंसिर १३ गतेदेखि १६ गतेसम्म गरेको विशेष निरीक्षण प्रतिवेदनको आधारमा सुपरलाई समस्याग्रस्त घोषणा गर्नलाई संचालक समितिलाई प्रस्ताव गरेको थियो। साथै राष्ट्र बैंकले लघुवित्तलाई किन समस्याग्रस्त घोषणा नगर्ने भन्दै स्पष्टिकरण समेत सोधेको थियो। सोहि अनुसार लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको हो । राष्ट्र बैंकका अनुसार असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको छ । त्यस्तै प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई मिति २०७८/१२/०२ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ । यस अघि: - सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस, राष्ट्र बैंकले सुनेन संचालकको गुनासो- विवादमा मुछिएको सुपर लघुवित्तबाट निरौलाले दिए राजिनामा-झनै गिजोलियो सुपरको २२ करोड प्रकरण: राष्ट्र बैंक र लघुवित्तका कर्मचारीमाथि नै आशंका- चुक्ता पूँजी २ करोड रहेको सुपर लघुवित्तमा २२ करोडको ‘सुपर’ घोटाला- सुपर लघुवित्तका कामु सीइओ सहित ३ जना कर्मचारी पक्राउ