स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । काँग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समे