सामूहिक राजीनामा दबाबमात्रै, कार्यान्वयनका लागि व्यक्तिगत रूपमा दिनुपर्ने

काठमाडौं।माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिन हस्ताक्षर गरेकाे बताइएको छ।तर कार्यान्वयनका लागि सामूहिक राजीनामा नभई व्यक्तिगत रुपमा संसद सचिवालयमा बुझाउनुपर्ने देखिएको छ। सामूहिक राजीनामाको विषयले कानूनको उद्देश्य कार्यान्वयन नहुने र व्यक्तिगत सम्बोधन नै गरेर राजीनामा दिनुपर्ने सचिवालय स्रोतले बतायो।“एकैपटक राजीनामा दिन मिल्यो, तर कार्यान्वयनयोग्य हुन व्यक्तिगत नै चाहिन्छ”, स्रोतको दाबी छ।सामूहिक राजीनामा प्रेसरका लागि भने उपयुक्त हुने बताइएको छ।

सम्बन्धित सामग्री

पालुङटारमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारद्वारा सामूहिक राजीनामा

सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप गरेको भन्दै उम्मेदवारहरूले राजीनामा दिएका हुन् ।सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको काँग्रेस स्रोतले बताएको छ । उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर

गोरखामा कांग्रेसका उम्मेदवारद्वारा सामूहिक राजीनामा

गोरखा– सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप भएकाले राजीनामा दिएको उम्मेदवारहरूले बताएका हुन् । सो नगरपालिकाका १० वटै वडाका उम्मेदवारहरूले राजीनामा दिएको कांग्रेस […]