डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मुख्य गेट छिर्नेबित्तिकै दुवै कुनातिर काठको थुप्रो देखिन्छ । यी काठ वन कार्यालयले विभिन्न समयमा बरामद गरेको हो । वर्षौंदेखि थुपारिएका काठ कुहिँदै गएका छन् । वन कार्यालयले समयमै लिलाम गर्न नसक्दा करोडौं राजस्व आउने काठ कामै नलाग्ने भएका हुन् ।