न्यायापरिषद्को कामप्रति मन्त्री कार्कीकाे असन्तुष्टि

काठमाडाैं । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले न्यायापरिषद्को कामप्रति असन्तुष्टि जनाउनुभएको छ । ३२ औँ न्यायापरिषद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले परिषद्को काम पारदर्शी हुन नसकेको तर्क गर्नुभयो । आउँदा दिनमा परिषदको कामलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन सरोकारवाला निकाय चनाखो हुनुपर्नेमा जोड दिनुभयो । सर्वोच्च अदालतको कार्यबोझ र न्यायाधीश संख्याबिच तालमेल नमिलेको […]

सम्बन्धित सामग्री

मधेश सरकारको कामप्रति जसपाकै नेताकार्यकर्ता असन्तुष्ट

२ चैत, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का पूर्व मन्त्री तथा निकट वुद्धिजिवी नागरिक समाजले मधेश सरकारको काम कारवाही जन अपेक्षा अनुरुप नभएको ठहर गरेको छ । मधेश प्रदेशमा ६ वर्षदेखि निरन्तर जसपा नेतृत्वको सरकार छ । मधेश सरकार जनअपेक्षा अनुरुप काम नहुँदा यसले सम्पूर्ण आन्दोलन र मुद्दालाई नै ओझेलमा पार्न सक्ने खबरदारी गर्दै १६ […]

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कामप्रति मन्त्री बस्नेतको असन्तुष्टि

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि तोकिएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापरवाही गरेको र जिम्मेवारपूर्ण तरिकाले तोकिएको काम सम्पादन नगरेको पाइएको छ ।  आफैले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयनमा जान नसकेको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले यसबारे स्पष्ट विवरण पेस गर्न कार्यकारी निर्देशक नवराज ढकाललाई निर्देशन दिए ।  मन्त्रालयमा आज आयोजित सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आर्थिक वर्ष सकिन एकाध महिना बाँकी हुँदासम्म तोकिएका काम प्रक्रियामा रहेको, माग संकलन गरिरहेको भन्ने जस्ता विवरण पेस गर्ने केन्द्रको तरिका ठीक नभएको बताए ।   मन्त्री बस्नेतले भने, ‘तोकिएका अधिकांश माइलस्टोनको प्रगति १० प्रतिशतभन्दा कम छन् । माग संकलन भइरहेको भन्ने विवरण पेस गरेको भरमा कति दिनसम्म बस्ने ? यो तरिका ठीक भएन । किन त्यसो भएको हो ? चित्तबुझ्दो जवाफ दिनुहोला ।’ वैकल्पिक ऊर्जा, सौर्य ऊर्जासँग जोडिएका अधिकांश परियोजनाको प्रगति असाध्यै न्यून छ । मन्त्री बस्नेतले सामान्यभन्दा सामान्य काममा अल्झिने, ठूला र तोकिएको काम पूरा नगर्ने प्रमुख, सम्बन्धित अधिकारीलाई कारवाहीको दायरामा ल्याउने बताए ।   अध्ययनदेखि अध्ययनसम्म सबै प्रक्रिया अल्झिएको भन्दै मन्त्री बस्नेतले केन्द्रको कार्यसम्पादनप्रति असन्तुस्टि व्यक्त गरे । यस्तो प्रक्रिया लामो समयसम्म नचल्ने उल्लेख गर्दै तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई जिम्मेवार बनाउन उनले निर्देशन दिए ।  साना जलविद्युत् आयोजनाको मर्मत सम्भार, सौर्य परियोजना तथा केन्द्रको कार्यक्षेत्रभित्र पर्ने अधिकांश परियोजनाको प्रगति न्यून छ ।  पटक पटक निर्देशन दिँदासमेत केन्द्रले जिम्मेवारपूर्ण तरिकाले काम गर्न नसकेको भन्दै मन्त्री बस्नेतले अब धेरै दिन छूट दिन नसकिने बताए ।  बैठकमा मन्त्री बस्नेतले केन्द्रका कार्यकारी निर्देशक ढकाललाई पटकपटक प्रश्न सोधे पनि उनको (ढकाल) उत्तरबाट मन्त्री सन्तुष्ठ हुन सकेनन् । उनले भने, ‘सबै काम प्रक्रियामा नै छ, भइरहेको छ । अर्को पटक प्रगति हुन्छ ।’  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले पनि केन्द्रको कार्यशैलीप्रति आपत्ति प्रकट गरे । ‘आफैले तय गरेको ‘माइलस्टोन’ पूरा गर्न नसक्नुको कारण के हो ? किन त्यस्तो ‘माइलस्टोन’ तय गर्नुभयो ?’ सचिव सिग्देलले केन्द्रका कार्यकारी निर्देशक ढकाललाई प्रश्न गरे ।  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जामार्फत उज्यालो पु¥याउने लक्ष्य राखिएको छ । केन्द्रका अधिकांश गतिविधि गैरसरकारी संस्था केन्द्रित भएको आरोप लाग्दै आएको छ ।

आफ्नै सरकारको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं । आठ दलीय गठबन्धनबाट ०७९ पुसमा प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मुलुकको सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले नेतृत्व गरेको सरकारप्रति असन्तुष्टि जनाउनुभएको हो । सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित रहे […]

मधेश प्रदेश : आफ्ना मन्त्रीको कामप्रति कांग्रेस असन्तुष्ट

२७ साउन, जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशमा नियुक्त भएका आफ्ना मन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । प्रदेश समितिको जनकपुरधाममा बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री बनेकाको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गरेको हो । बैठकले पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई कामलाई […]

सरकारका कामप्रति राष्ट्रपतिको असन्तुष्टि, ‘खुट्टाले टेकेर हिँड्ने कि टाउकाले?’

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पछिल्लो बेथितिलाई लिएर चिन्ता प्रकट गरेकी छिन्। मुलुकको बजेटको आकार बराबरकै व्यापार घाटा हुने स्थिति आएकोलाई लिएर उनले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएकी हुन्। 'नीतिगत रुपमा काम गर्नका लागि बजेट छुट्याइने गरिएको छ। तर कार्यान्वयनमा त्यो कुरा हुन सकेको छैन। हाम्रो समस्या नीतिगत होइन,…

संवैैधानिक आयोगको कामप्रति महिला तथा सामाजिक समिति असन्तुष्ट

संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कतिपय आयोगले आफ्नो कार्यक्षेत्रसमेत टुंगो लगाउन नसकेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको हो । समितिको कार्य क्षेत्रभित्र राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग र मुस्लिम आयोग पर्दछ […]

संवैधानिक आयोगका कामप्रति महिला तथा सामाजिक समितिको असन्तुष्टि

काठमाडौँ । संघीय संसद अन्तरर्गत प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रका विभिन्न सात वटा संवैधानिक आयोगका काम कारवाहीप्रति असतुष्टि व्यक्त गरेको छ । आयोगको सचिवालय सिंहदरबामा सोमबार बसेको बैठकमा समितिका सदस्यले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगको काम कारवाहीप्रति असन्तुष्टि जनाएका हुन् । कतिपय संवैधानिक आयोगले आफ्नो कार्यक्षेत्र समेत टुंगो लगाउन नसकेको भन्दै […]

संवैधानिक आयोगको कामप्रति संसदीय समितिको असन्तुष्टि

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैधानिक आयोगको काम कारवाहीप्रति असन्तुष्टि जनाएको छ । समितिको सोमबार बसेको बैठकले कतिपय आयोगले आफ्नो कार्यक्षेत्रसमेत टुंगो लगाउन नसकेको निष्कर्ष...

संसद्को एक महिना: प्रतिपक्ष आलोचनात्मक, सत्तापक्ष रक्षात्मक

संसद्मा बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले सरकारले गरेका कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्ने बताएका थिए। कांग्रेस सांसद डिला संग्रौलाले पनि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोलगायत आरोप लगाउँदै राजीनामा माग...