पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १३, कुडहरका ३० वर्षीय कृष्ण हमाललाई ६२१ एम्पुल लागू औषधसहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनको साथबाट डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल लागु औषध बरामद गरिएको हो […]