काठमाण्डाै – समयमै बाटो मर्मत गरेकोले यस वर्ष बर्खाकाे समयमा काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने भएको छ ।
यसअघि बर्खायाममा काठमाण्डाैदेखि बञ्चरेडाँडासम्म जाने विभिन्न ठाउँको बाटो बिग्रँदा समस्या हुने गरेको थियो । यस वर्ष भने बाटो मर्मत भइसकेकाले यसअघिको जसरी समस्या नआउने काठमाण्डाै महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिनुभयो । साना समस्या आए पनि यसअघि झैँ एक महिनासम्म फोहर नउठ्ने समस्या नहुने उहाँले बताउनुभयो ।
काठमाण्डौ महानगरले सिसडोलदेखि बञ्चरेडाँडा...