काठमाडौं : बिहानैदेखि देशभरको मौसम आंशिक बदली छ। मध्य तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मंगलबार दिउँसो प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ। वर्षाको भने सम्भावना नरहेको उनले बताइन्। आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको विभागले जनाएको छ।
काठमाडौं, मंसिर ११। आइतबार देशभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशको पहाडी भेगमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले जानकारी दिएका हुन् । बाँकी स्थानमा दिनभर मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ । काठमाडौँ […]
बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा छ। मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम बुधबार भने झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।