काठमाडौं : मौसममा आंशिकदेखि सामान्य बदली भएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश र प्रदेश १ को हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।
राति देशका विभिन्न ठाउँमा मौसममा बदली आए पनि वर्षा र हिमपातको सम्भावना छैन। शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री स...
माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ।
अर्को सातादेखि
काठमाडौं : देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ। पश्चिम तथा मध्य तराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।मौसमविद् वरुण पौडेलका अनुसार शनिबार दिउँसो देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। तराईका क्षेत्रहरुमा भने शीतलहर कायमै रहनेछ। तत्काल वर्षा र हिमपातको सम्भावना नभएपनि तापक्रममा भने निरन्तर गिरावट आउने पौडेलले बताए। बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ।
काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी
काठमाडौं : बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले आगामी २४ घण्टा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहे
काठमाडौं : बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकीका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।विभागले आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। ती भ
काठमाडौं : उपत्यकासहित प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुुर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए।पानी कम पर्दा केही दिनयता देशभर गर
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।वर्षासँगै देशभर चिसो बढेको छ। मंगलबार बेलुकादेखि परेको वर्षाका कारण उपत्यकाका विद्यार्थी स्कुल जान सकेका छैनन्। पानीमा भिज्दै सर्वसाधारण गन्तव्यमा जान बाध्य भएका छन। काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुन सक्ने मौसमविदहरुले बताएका छन्। आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस र