मौसम अपडेट : तराईमा हुस्सु, काठमाडौंमा तापक्रम घट्यो

काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ । साँझ र बिहान चिसो हुनेछ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा […]

सम्बन्धित सामग्री

हिमालमा पनि बढ्यो तापक्रम

काठमाडौं, जेठ २८ । नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापक्रम बढ्नु हो । मौसम पूर्वानुमान महाशाखाका […]

मौसम : क्रमिकरूपमा तापक्रम घट्दै

जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै...

काठमाण्डौको अधिकतम तापक्रम घट्यो

काठमाण्डौ – काठमाण्डौ अधिकतम तापक्रम घटेको छ । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको हो । अस्ति २५ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम हिजो २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो । आजको तापक्रम पनि २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्ड...

आगामी तीन दिन तापक्रम बढ्ने

नेपालमा आगामी तीन दिनसम्म तापक्रममा बृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम बृद्धि हुने बताएका हुन् ।केही दिनदेखि तापक्रम बृद्धि भइरहेको उल्लेख गर्दै उनले अझै केहि दिनसम्म तापक्रम बृद्धि कायम रहने बताए । हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम बृद्धि भएको उनले बताए । केही दिनपछि भने उच्च चापीय प्रणालीको प

तापक्रम बढ्दो, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । शनिवार काठमाडौँको उच्चतम तापक्रम ३१‍.५ डिग्री सेल्सियस पुगेको थियो । सबैभन्दा उच्च तापक्रम भने धरानमा ३६.७ डिग्री सेल्सियस मापन […]

नेपालको तापक्रम बढ्दो

काठमाडौं : नेपालमा पछिल्ला दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्।सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्डअनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उनले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताए। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्रम पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गरे।मंगलबार न्यूज एज

काठमाडौंको तापक्रम अझै घट्न सक्ने

काठमाडौं उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।अबको […]

आजको मौसम : देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस चार

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकाको न्युनतम तापक्रम बिहान पौने ६ बजे ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हिजोको भन्दा कम तापक्रम भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। हिजो उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। अन्य स्थानको मौसम पनि घट्दै गएको महाशाखाले जनाएको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। यस्तै जिरी

काठमाडौँ उपत्यकाको तापक्रम अझै घट्न सक्ने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो।मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ। ‘हिउँदे वर्षा अझै भएको छैन। वर्षासँगै उच्च भेगमा हुने हिमपातक

काठमाडौंको आजको तापक्रम २ डिग्री, देशभरको मौसम कस्तो छ?

बुधबार बिहान काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा छ। मंगलबार यो वर्षकै कम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम बुधबार भने झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।