शारीरिक अपाङ्गता भएका यहाँका महिला घरेलु उद्यमतर्फ आकर्षित भएका छन् । सीप सिकेर सानातिना उत्पादन आफैँले गर्दा स्वरोजगार बन्ने र आयआर्जन हुने भएकाले फरक क्षमताका महिला घरेलु उद्योगतर्फ आकर्षित भएका हुन् ।
सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएकी उदयपुरको त्रियुगा नगरपालिका–१०, बोक्सेकी २९ वर्षीया कल्पना नेपाली बाँसको मुढा बनाउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरबाट सीप सिकेर उहाँले दुई वर्षदेखि यो व्यवसाय गरिरहनुभएको हो । मुढा बिक्रीबाट मासिक २० हजार रुपियाँसम्म कमाइ हुने गरेको र त्यसैबाट आफ्नो घरखर्च चलेको नेपालीले बताउनुभयो ।