काठमाडौं। अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट देखापर्ने चेतावनी दिएका छन्। २४-घण्टा प्लाण्ट चलेको अवस्थामा पनि अक्सिजनको माग थेग्नसक्ने अवस्था नरहेको अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बताए। यो अवस्थामा सरकार र उद्योगीले चनाखो र सचेत भएर यसको व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ छ।