८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने पक्राउ

बलात्कार प्रयास गरेको आरोपमा खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका २६ वर्षीय युवक पक्राउ परेका छन् । गत जेठ ११ गते विद्यालय गइरहेकी ८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने ती युवकलाई घरबाटै पक्राउ परेका हुन् ।

सम्बन्धित सामग्री

दाङमा दुई बालिकामाथि बलात्कार प्रयास, ५ जना पक्राउ

२३ जेठ दाङ । दाङमा दुई बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेका छ । राप्ती गाउँपालिका- ३ मसुरीयाका १४ र १२ बर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जना बालकसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १६ वर्षका किशोर, १८ वर्षका दिलसान अहमद, वडा […]

बलात्कार प्रयास आरोपमा अवकाश प्राप्त सैनिक पक्राउ

मोरङ – लेटाङ नगरपालिकामा बलात्कार प्रयास आरोपमा अवकाश प्राप्त सैनिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ २ का ४५ वर्षीय भीम मल्ललाई बुधबार राति घरबाट प्रहरीले पक्राउ गरेको हो। आफ्नै आफन्तकी १४ वर्षीया छोरीलाई लालनपाल तथा संरक्षणका लागि घरमा राखेका मल्लले बलात्कारको प्रयास गरेको खुलेको हो। बालिकालाई बलात्कारको प्रयास गरेको जनाउदै किटानी […]

बालिका बलात्कार प्रयास आरोपमा बालक पक्राउ

पाल्पा : बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन्। तानसेन नगरपालिकाकी ३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१४ वर्षीया बालिका बलात्कार प्रयास आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं– बलात्कार प्रयास आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष पक्राउ परेका छन् । कैलाश- ९ का वडाध्यक्ष भुवनसिं घलानलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीया बालिकाले बलात्कारको प्रयास गरेको जाहेरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता गरेपछि घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाका घलानलाई शुक्रबार नै पक्राउ गरिएको हो […]

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । “पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडि

किशोरीलाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

राँझा । विद्यालयबाट घर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनैद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किर

होटलमा लगेर किशोरीलाई बलात्कार प्रयास, असफल भएपछि कुटपिट

राँझा । विद्यालयबाट घर फर्किंदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनेद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा डर धम्की देखाइ स्थानीय एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगञ्जस्थित बालबालिकासम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए । नेपालगञ्जबाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । प्रहरीले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको हो । किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घटनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

वडा सदस्यद्धारा बलात्कार प्रयास, पिडितलाई मुद्दा नदिन दवाव

दैलेख । बलात्कार प्रयासमा आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । बलात्कार प्रयासमा संलग्न पोखरेललाई बचाउन जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् । भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार […] The post वडा सदस्यद्धारा बलात्कार प्रयास, पिडितलाई मुद्दा नदिन दवाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

युवतीमाथि बलात्कार प्रयास गर्ने विराटनगरका घरजग्गा कारोबारी पक्राउ

विराटनगर / युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक जना घरजग्गा कारोबारीलाई प्रहरीले बुधबारसाँझ नियन्त्रणमा लिएको छ । बलात्कार प्रयास गरेको आरोपमा विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी... The post युवतीमाथि बलात्कार प्रयास गर्ने विराटनगरका घरजग्गा कारोबारी पक्राउ appeared first on Purbeli News.

उदयपुरमा ६ वर्षीया बालिकालाई बलात्कार प्रयास

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ । स्थानीय ५९ वर्षीय पुरुषले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले रातोपाटीलाई बताए । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । आरोपीलाई ‘जबर्जस्ती करणी उद्योग’ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए ।