काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान भोलि (सोमबार) सम्म सक्ने तयारी गरेको छ। सिफारिस समितिमा रहेका नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आज र भोलि राणाको बयान लिने बताए। ‘आज र भोलि हामी चोलेन्द्रशमशेरको बयान लिन्छौँ’, विश्वकर्माले भने, ‘हामीले हाम्रा प्रश्नहरूको लिखित जवाफ पनि मागेका छौँ। जति प्रश्न बाँकी रहन्छन् ती […]