रोल्पा – ठेकेदारको लापर्बाहीका कारण समयमै पक्की पुल नबन्दा रोल्पाको सुनिलस्मृति गाउँपालिका र प्युठानको स्वर्गद्वारी नगरपालिका जोड्ने घोडा खोलामा स्थानीयवासी जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् ।
रोल्पाको सुलिचौरदेखि प्युठानको किमिचौर, रोल्पाको रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दुरीको यो सडकमा पर्ने घोडेखोलामा बर्सेनि स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।
पुल नबन्दा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेको छ भने घोडागाउँका स्थानीयवासी दैनिक उपभोग्य वस्तु किन्न किमि...