टोखा नगरपालिकाले यही कात्तिक ३० गते कोभिड–१९ नियन्त्रणमा सहयोग पु¥याउने विभिन्न उपभोक्ता समितिका प्रतिनिधिलाई गर्न लागेको सम्मान कार्यक्रममा राजनीतिक पूर्वाग्रह राखेको भन्दै नेकपा (एकिकृत समाजवादी) टोखा नगर कमिटीले असन्तुष्टि व्यक्त गरेको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले सबै दललाई निमन्त्रणा गरेर एकीकृत समाजवादी निकट कमिटीलाई नबोलाइएको भन्दै पार्टी टोखा नगर कमिटीले सहभागिता नजनाउने भएको छ । टोखा नगरपालिका–९ का वडाध्यक्ष जेपी नेपालले आफ्नो दल राष्ट्रिय पार्टी भएको भए पनि नगरपालिकाले गर्ने क...