मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको २ नम्बर वडा अध्यक्षमा नेपाली काँग्रेसका सुमन श्रेष्ठ विजयी बनेका छन् । श्रेष्ठले १ हजार १ सय २० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बैकुण्ठ थापा मगरले ७ सय ५८ मत प्राप्त गरे । सदस्यहरूमा नेपाली काँग्रेसकै प्रताप सिं लामा, बुद्धिराम लामा, इन्दिरा थिङ्ग र सरला परियार विजयी भएका छन् ।