झापा – पूर्वी तराईमा जब सन्थाल नाच सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र दसैं आएको अनुभूति हुन्छ । शनिवार सोही अनुभूति गराउन झापाको बिर्तामोड बजारमा सन्थाल समुदायका पुरुषहरूको एक समूहले नाचसहित फन्को मारिरहेको थियो । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी सन्थाल जातिले दसैंका बेलामा गर्ने विशेष प्रकारको नृत्य लोप […]