आठ महिनापछि घट्न थाल्यो खाने तेलको भाउ

२७ असार, काठमाडौं । आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेल सस्तिएको उद्योगीहरुले बताएका छन् । पछिल्लो दुई सातामा …

सम्बन्धित सामग्री

खाने तेल र फलामे डन्डीको मूल्य घट्यो

केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको हो ।

इन्डोनेशियाले कच्चा पाम आयललाई निर्यात प्रतिबन्धको सूचीबाट हटायो, नेपाललाई राहत

वैशाख १३, काठमाडौं  । इन्डोनेशियाले कच्चा पाम आयललाई निर्यात प्रतिबन्धको सूचिबाट हटाएको छ । स्थानीय माग धान्न नसकेको भन्दै गत हप्ताको अन्त्यमा  अप्रत्याशित रुपमा कच्चा पाम आयललाई निर्यात प्रतिबन्ध लगाएको वस्तुहरुको सूचिमा राखिएको थियो । तर सोमवार भने यसलाई निर्यात प्रतिबन्धको सूची बाहिर राखिएको छ । त्यहाँको कृषि मन्त्रालयले स्थानीय सरकारलाई पठाएको आधिकारिक पत्रमा यस्तो उल्लेख गरिएको भन्दै रोयटर्सले समाचार छापेको हो । यद्यपि, प्रशोधित, ब्लिच गरिएको र डियोडोराइज्ड (आरबीडी) पाम ओलिनमा भने प्रतिबन्ध लागू हुने पत्रमा उल्लेख छ । पत्रमा उल्लेखित कुराको मन्त्रालयका अधिकारीले पनि पुष्टि गरेको बताइएको  छ । सोमवार आरबीडी पाम आयल र पाम स्टेरिन जस्ता प्रडक्ट प्रतिबन्धमा पर्छन् कि पर्दैनन् भन्ने चाँहि स्पष्ट भइसकेको थिएन । इन्डोनेशियाली राष्ट्रपति जोको विडोडोले शुक्रबार अबेर उक्त प्रतिबन्धको घोषणा गरेका थिए ।  विडोडोले शुक्रवार खाने तेल र यो बनाउन प्रयोग हुने कच्चा पदार्थको निर्यातमा बन्देज लगाइने भने पनि विस्तृत विवरण दिएका थिएनन् । घरेलु स्तरमा तेलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न विश्वको सबैभन्दा ठूलो पाम आयल उत्पादक इन्डोनेशियाको प्रतिबन्ध लगाउने अप्रत्याशित निर्णय गरेपछि अघिल्लो दिनको कारोबारमा पाम आयल फयूचर्समा सेल अफ देखिएको थियो ।  तर मंगलवार बुर्सा मलेशिया डेलिभेटिभ्स एक्सचेञ्वमा जुलाई डेलिभरीको बेञ्चमार्क मपाम आयलको करार २ दशमलव ७९ प्रतिशत अर्थात् १७४ रिंगिटले बढेर मध्यान्नमा ६ हजार ४०३ मा पुगेको छ । सोमबार बिहानी कारोबारमा करीब ७ प्रतिशतले बढेको पाम आयलको भाउ बजार बन्द हुँदा २ प्रतिशत भन्दा तल आएर बन्द भएको थियो ।  निर्यात प्रतिबन्धबाट कच्चा पाम आयललाई छूट दिँदा विश्व बजारमा सकारात्मक प्रभाव पर्ने भएपनि इन्डोनेशियाको अधिकांश पाम निर्यात प्रशोधित तेलको रुपमा हुने भएकोले पाम आयल प्रतिबन्धको प्रभावमुक्त भने हुनेछैन । प्रतिकुल मौसम र रुसले युक्रेनमाथि हमला गरेपछि विश्व बजारमा तेलहनको आपूर्ति यस अघि नै सीमित भएको छ । यस्तोमा सबै खालको खाने तेलको भाउ बढिरहेको छ ।  नेपालमा पाम आयल मुख्यतः खाने पकाउने तेलको रुपमा प्रयोग गरिन्छ । नेपालले चालु आवको चैतसम्मको अवधिमा ३३ अर्ब रुपैयाँ भन्दा धेरैको पाम आयल आयात गरेको छ । हरेक महीना ३ देखि ५ अर्ब रुपैयाँको तेल आयात गरिदैं आएको छ । नेपालले आयात गर्ने ९० प्रतिशत पाम आयल इन्डोनेशियाबाट आउने गरेको छ । नेपाली व्यापारीहरुले पाम आयल प्रशोधन गरेर भाततर्फ निर्यात गर्दै आएका छन् । पछिल्लो खबरले नेपाली उपभोक्ता र व्यापारीहरुलाई ठूलो राहत मिलेको छ ।  पाम आयल खाद्य पदार्थ, डिटर्जेन्ट, कस्मेटिकसदेखि जैविक इन्धनसम्म धेरै कुरामा प्रयोग हुन्छ । विश्वको कूल खाने तेल बजारमा पाम आयलको अनुपात झन्डै ६० प्रतिशत छ ।

वीरगञ्ज नाकाबाट ८ महीनामा ५३ अर्बको खाने तेल निर्यात

वीरगञ्ज, चैत १३ । भारतले खाने तेल आयातमा सीमा शुल्क घटाएपछि नेपालबाट यसको निकासी बन्द हुने अनुमानविपरीत अहिले पनि निर्यात व्यापारमा तेल नै अग्रस्थानमा देखिएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले आन्तरिक बजारमा तेलको भाउ आकाशिए पनि यही बढ्दो मूल्य निकासी व्यापारका लागि भने सहज बनेको छ । समुद्रपारबाट नेपालमा कच्चा पदार्थ […]

भारतले खाने तेलमा आयात कर घटायो : नेपाली उद्योगको लगानी अन्योलमा

वीरगञ्ज । खाने तेल आयातमा भारतले लिएको नीतिले नेपालका तेल उत्पादक उद्योग संकटमा पर्ने देखिएको छ । भारतले प्रशोधित र तयारी खाने तेलको आयातमा आयात कर स्वात्तै घटाएपछि स्वदेशी उद्योगको लगानी संकटमा पर्ने अवस्था आएको हो । भारत निकासीलाई लक्षित गरेर नेपालका १९ ओटा उद्योगले प्रशोधित तेल उत्पादन गरिरहेका छन् । तीमध्ये १२ ओटा वीरगञ्ज क्षेत्रमा छन् । अन्य विराटनगरमा सञ्चालित छन् । आफ्नो आपूर्तिको दुई तिहाइ परिमाण आयात गरिरहेको भारतले यसअघि खाने तेल आयातमा उच्च दरको सीमा र कृषि पूर्वाधार तथा विकास कर लगाएको मौका छोपेर नेपालका उद्योगले लगानी बढाएका थिए । तेल उत्पादनमा नयाँ लगानीमात्र आएको थिएन, पछिल्लो समय अधिकांश उद्योगले उत्पादन क्षमता बढाएका छन् । भारतले ३ महीनाअघिमात्रै पाम आयल आयातमा प्रतिबन्ध हटाएपछि केही औद्योगिक घरानाले नयाँ लगानी ल्याउने योजनासमेत बनाएका थिए । भारतले १ वर्षपछि पाम तेलको आयात प्रतिबन्ध हटाएको थियो । भारतको पछिल्लो कदमले तेल उत्पानमा लागेको लगानीको भविष्य नै अन्योलमा परेको स्वदेशी उद्यमीहरूले बताएका छन् । भारतको वित्त मन्त्रालयअन्तर्गतको राजस्व विभागले गत बिहीवारदेखि लागू हुने गरी अर्ध प्रशोधित र प्रशोधित पाम, भटमास र सूर्यमुखी तेलको आयात कर घटाएको हो । खाने तेलमा मूल्य बढेपछि नियन्त्रणका लागि भारतले यो उपाय अपनाएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुल्क पुनरवलोकनपछि भारतमा अर्धप्रशोधित पाम तेलमा ८ दशमलव ५ प्रतिशत र भटमास र सूर्यमुखीमा ५ दशमलव ५ प्रतिशत आयात कर लाग्ने भएको छ । ती सबै खालका प्रशोधित तेलको आयातमा १९ दशमलव २५ प्रतिशत कर लाग्ने छ । यो दर मार्च ३१ सम्म कायम रहने छ । यसअघि यो शुल्क ३५ देखि ४० प्रतिशतसम्म थियो । भारतले मूल्य नियन्त्रणका लागि आयातमा यो चौथोपटक कर कटौती गरेको हो । भारतीय कदमका कारण अब नेपालबाट प्रशोधित तेल निकासीमा नोक्सानी हुने उद्योगी सुरेश रुंगटा बताउँछन् । नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट पाम तथा अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसबाट भटमास र सूर्यमुखीको अर्ध प्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । भारतले आयातमा लगाएको उच्च कर र नेपालमा कच्चा पदार्थमा लाग्ने न्यून महसुलबीचको अन्तरको फाइदा उठाउँदै स्वदेशी उद्योगले निकासी गरेका थिए । साप्mटा सुविधाअन्तर्गत नेपाली उद्यमीले शून्य भन्सारमा भारत निकासी गर्छन् । भारतमा अब खाने तेलको मूल्य प्रतिलिटर ८ देखि १५ भारतीय रुपयाँसम्म घट्ने अनुमान गरिएको छ । ‘तेस्रो मुलकबाट कच्चा तेल ल्याएर अब भारत निकासीमा फाइदा छैन । उद्योगको गोदाम र बाटोमा भएको तेल के गर्ने भन्ने चिन्ता थपिएको छ,’ वीरगञ्जको तेल उत्पादक ओसीबी फुडका सञ्चालक उद्योगी रुंगटाले भने । अब स्वदेशी बजारमा समेत खाने तेलको भाउ घट्ने देखिएको छ । यसअघि स्वदेशी भारतीय बजारको मूल्यलाई आधार बनाएर विक्री वितरण गर्दा नेपाली उपभोक्ता पनि महँगोमा उपभोग गर्न बाध्य थिए । भारत निकासीमा फाईदा नभएपछि अब आन्तरिक बजारमा तेल सस्तिने एक उद्योगीले बताए । भारतले ३ महीनाअघिमात्रै पाम आयलको आयात खुला गरेपछि नेपाली उद्योगीले लाखौं मेट्रिकटन पाम आयल आयात गरेका छन् । भारतले आगामी डिसेम्बरसम्मका लागि आयात प्रतिबन्ध हटाएकाले नोभेम्बरसम्मका लागि पाम आयल अर्डर भएको रुंगटाले बताए । नेपालले पनि छूट दिनुपर्ने माग विराटनगर । भारतले खाने तेलको मूल्यमा नियन्त्रण गर्न आयातित खानेतलेको कच्चा पदार्थको भन्सारमा भारी कटौती गरेपछि खाने तेल प्रशोधन गरेर भारतीय बजारमा पठाइरहेका नेपालका उद्योगहरू मारमा परेका छन् । उद्योगीहरूले नेपाल सरकारले पनि भन्सार महसुलमा छुट हुनुपर्ने माग गरेका छन् । भारतले कच्चा पाम तेलमा १६ दशमलव ५ तथा सूर्यमुखी र भटमासको तेलमा १९ दशमलव २५ प्रतिशतले महसुल कटौती गरेको हो । यो कटौतीपछि भन्सार फरकको फाइदा उठाउँदै निकासी गर्ने नेपालका तेल उद्योग प्रभावित भएका हुन । नेपालका तेल उद्योगहरूले भारतीय उत्पादनसग प्रतिस्पर्धा गर्ने गरी कच्चा तेलको आयातमा भन्सार महसुल छूट मागेका छन् । नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले भारतले तेस्रो मुलुकबाट आयात हुने कच्चा तेलको मूल्यमा लिइँदै आएको भन्सार शुल्क शून्यमा झारेपछि नेपाल सरकारले पनि कच्चा खानेतेलमा लिइँदै आएको १० प्रतिशत शुल्क खारेज गरी शून्यमा झारेमा मात्र नेपालका खानेतेल उद्योगले भारतमा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरे । अध्यक्ष बोहोराले विश्वबजारमा खानेतेलको मूल्य एकाएक बढेकाले त्यसको असर नेपाल र भारतीय उपभोक्ता माथि परेको जानकारी दिए । तर, भारत सरकारले भारतीय उपभोक्तालाई खाने तेलमा बढी मूल्य तिर्न नपरोस भनेर सरकारले नीति ल्याए पनि नेपाल सरकारले भने नीति ल्याउन ढिला भएको टिप्पणी उनले गरे । व्यवसायीका अनुसार भारतको नयाँ रणनीतिले करिब ७० अर्बको निकासी प्रभावित भएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भारत सरकारको सानोभन्दा सानो नीतिले पनि नेपाली उद्योगहरू प्रभावित हुने गरेको बताए । पछिल्लो नीतिसँग प्रतिस्पर्धा गर्न नेपालले पनि तेलको आयात र निर्यातमा लचिलो नीति लिनुपर्ने उनले बताए । उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटी रिफाइनरीका सञ्चालक विपीन कावराले भने भारतीय क्रेताले कच्चा पदार्थ बल्कमा खरिद गर्ने हुँदा हामीले राजस्व नतिरेको कच्चा पदार्थभन्दा उनीहरूले तिरेको कच्चा पदार्थ सस्तो पर्न जाने बताए ।

अन्तर्राष्ट्रिय बजारमा बढेपछि यहाँ पनि खाने तेलको मूल्य बढ्यो : उद्योगी

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा खाने तेलको मूल्य बढेको उद्योगीहरुले बताएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छलफलमा खाने तेल उद्योगीहरुले यस्तो बताएका हुन् । विभागले पछिल्लो समय नेपालमा खाने तेलको मूल्यमा अचाक्ली बृद्धि भएपछि यो सम्बन्धमा बुझ्न उद्योगीहरुलाई बोलाएको थियो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय बजारमै खाने तेलको कच्चा पदार्थको मूल्य बढेको उद्योगीहरुको भनाई छ ।यसका साथै, कोभिड–१९ महामारीका कारण ढुवानीको लागत बढ्दा समेत तेलको मूल्य

फेरि महँगिन थाल्यो खाने तेल

३ भदौ,काठमाडौं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए । ‘तोरी, सनफ्वालर र […]

दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि

२८ फागुन, काठमाडौं । गत एक हप्तामा बजारमा धेरै प्रकारका खाद्य वस्तुको मूल्य बढेको छ । हरियो तरकारी, तयारी कुखुराको मासु, खाने तेल, दाललगायतका खाद्यन्नको मूल्य खुद्रा विक्रेताले बताएका छन् । खाने तेलको भाउ यो साता …

फेरि बढ्यो खाने तेलको भाउ

२१ फागुन, काठमाडौं । यो साता बजारमा खाने तेल र ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । दुई साताअघि घटेको सूर्यमुखी तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयाँसम्मले बढेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । प्रतिलिटर …