पूर्वराजा ज्ञानेन्द्रले तिहारको उपलक्ष्यमा देशले अब मेरो नेतृत्व खोज्यो, म नेतृत्व दिन तैयार छु भनेको सार्वजनिक भयो । त्यसले देशमा ठूलो तरंग ल्याउन त सकेन तर केही महत्वपूर्ण प्रश्न खडागरेको छ । क्रियाशील कि संवैधानिक राजतन्त्र ? एउटा प्रश्नको उत्तर राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रबाट दिन खोजेको छ । यसले नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्ने मुद्दा अगाडि सारेको छ । तर त्यतिले यसबारेमा उठ्ने जिज्ञासा मेटाउन सक्दैन । २०४६ सालमा नेपालमा प्रजातान्त्रिक पद्धतिअन्तर्गत संवैधानिक राजतन्त्र थियो ।