धेरै महिलालाई चुनावबाट आउने बाटो दलहरुले बन्द गरिदिएका छन् । जसमा नेपाली कांग्रेसले त एकजना पनि महिला प्रत्यक्षमा उठाएको छैन । नेकपा एमालेले दुईजना उठाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने दुई महिला उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।