काठमाडौँ। बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभाको लागि चुनाव लड्ने भएका छन्। पार्टीका नेता तथा कार्यकर्ताले नै उनलाई सो क्षेत्रबाट चुनाव लड्न दबाब दिएका छन्।