लामो बिदापछि खुलेको बजारमा १ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । तिहार र छठको लामो बिदापछि सोमवारदेखि खुलेको धितोपत्र दोस्रो बजारमा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १२ कारोबार दिनपछि दोस्रो बजारमा १ अर्बभन्दा बढीको धितोपत्र कारोबार भएको हो । सोमवार ४४ हजार ७२७ पटकको व्यापारमा उक्त रकम बराबरको ३३ लाख १९ हजार ५५८ कित्ता धितोपत्र कारोबार भएको हो ।  कुल कारोबारमा हिमालय डिष्टिलरीको सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको ४१ हजार ९४२ कित्ता शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार भएको यस कम्पनीको शेयर मूल्य भने ७ दशमलव शून्य १ प्रतिशत घटेको छ । यो दिन प्रतिकित्ता १३१ रुपैयाँले घटेर हिमालयन डिष्टिलरीको अन्तिम शेयर मूल्य १ हजार ७३७ रुपैयाँ कायम भएको हो । यो दिन समग्र धितोपत्र दोस्रो बजार कारोबार मापक नेप्से परिसूचक भने १ दशमलव ३९ अंकले बढेर १ हजार ८५३ दशमलव ४८ विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक न्यूनतम १ हजार ८४६ दशमलव ५२ विन्दुसम्म झरेको थियो भने अधिकतम १ हजार ८७३ दशमलव ३४ विन्दुसम्म पुगेको थियो । सामान्य बढेको बजारमा दुई कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेको छ । यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य प्रतिकित्त ८३ रुपैयाँले बढेर अन्तिम मूल्य ९१५ रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य २७७ रुपैयाँ १० पैसा कायम भएको छ । यो दिन तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा घटेको छ । फरवार्ड माइक्रोफाइनान्स र सयपत्री हाइड्रोपावरको १० प्रतिशतले र माथिल्लो मैलुङखोला जलविद्युतको ९ दशमलव ९९ प्रतिशत शेयर मूल्य घटेको हो । फरवार्ड लघुवित्तको प्रतिकित्ता १२० रुपैयाँ ९० पैसाले घटेर अन्तिम मूल्य १ हजार ८८ रुपैयाँ ६० पैसा र सयपत्री हाइड्रोपावरको प्रतिकित्ता ५० रुपैयाँ ७० पैसाले घटेर अन्तिम मूल्य ४५६ रुपैयाँ ३० पैसा कायम भएको हो । माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य भने प्रतिकित्ता २८ रुपैयाँ ८० पैसाले घटेर अन्तिम मूल्य २५९ रुपैयाँ ६० पैसा कायम भएको छ । यस दिन उत्पादन तथा प्रशोधनको १ दशमलव ९१ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ८३ प्रतिशत, लघुवित्तको १ दशमलव ४२ प्रतिशत र अन्य समूहको शून्य दशमलव १३ प्रतिशत परिसूचक घटेको छ । अन्य समूहको परिसूचक भने यो दिन बढेको छ । बैंकिङको शून्य दशमलव २० प्रतिशत, विकास बैंकको १ दशमलव २६ प्रतिशत, वित्तको शून्य दशमलव ३२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३१ प्रतिशत, लगानीको शून्य दशमलव ७३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७५ प्रतिशत र व्यापारिक समूहको १ दशमलव ४२ प्रतिशत परिसूचक बढेको छ । परिसूचकमा आएको वृद्धिलाई आधार मान्दा सोमवारको बजारबाट व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सोमवारको कारोबारमा कुल बजार पूँजीकरण ४ अर्ब ७४ करोड ५० लाख रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन कात्तिक २३ गते २८ खर्ब ५३ अर्ब १ करोड ३९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण सोमवार २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

सम्बन्धित सामग्री

‘ट्र्याक’ खुलेको पन्ध्र वर्षपछि सडक कालोपत्र हुँदै

बागलुङ, माघ २६ । दक्षिण बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड […]

तीन महिना ढिलो खुलेको महाकाली नदी रोयल्टी संकलनमा पहिलो दिनै किचलो

ढिलोगरी खुलेको कञ्चनपुर महाकाली नदीको रोयल्टी संकलन कार्य पहिलो दिनमै किचलो मच्चिएको छ। झण्डै तीन महिनापछि खुलेको महाकाली नदीको रोयल्टी संकलनमा पहिलो दिनमै किचलो मच्चिएको हो।  नदीजन्य पदार्थ उत्खनन्को विषयलाई लिएर...

हिमपातपछि खुलेको मनाङ

मनाङ, २१ फागुन । मनाङ ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङमा हल्का हिमपातपछि खुलेको मौसममा देखिएको तिलिचो पिक र सेताम्मे हिउँले भरिएको पाखा । रासस

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ। ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो।...

खुलेको मौसम, हँसिला हिमाल (तस्वीरहरू)

काठमाडौं : उपत्यकाको मौसम खुलेसँगै यहाँबाट चाँदीजस्तै टलक्कै टल्केका सेता हिमालहरूको रमाइलो दृश्य देखिएको छ। उपत्यकाबाट देखिने मनास्लु, गणेश, लाङटाङ हिम शृङ्खला, जुगल दोर्जे लाक्पा, रोल्वालिङ हिम शृङ्खला तथा र गौरीशंकर हिमालका दृश्यहरु अहिले छर्लङ्गै देखिएका छन्।दशैँसम्म झरी परिरहेको मौसम केही दिनअघिदेखि मात्र खुलेको हो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको संघारमा खुलेको मौसमले दृश्य मनमोहक बनाएको छ।नेपालबाट केहीदिन अघिमात्र मौसमसमेत बहिरिसकेको छ। गर्मी मौसम सकिएर अब विस्तारै चिसो मौसम सुरु भइसक

हप्ता दिनको झरी थामिएपछि खुलेको हिमाल

विगत एक हप्तादेखिको निरन्तर झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ । मौसम खुलेसंगै बागलुङ बजारबाट देखिएको धवलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर : रामबहादुर थापा/रासस

ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल भएको स्थानीयवासीको गुनासो छ । ट्रयाक  खुलेको १४ वर्ष वितिसक्दा पनि यो सडकमा न  यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कस

यातायात विभागको लाचारी, लाइसेन्स आवेदन खुलेको तीन दिनमै बन्द !

काठमाडौँ । झन्डै आधा वर्षपछि गत सोमबारबाट खुलेको खुलेको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन तीन दिनमै बन्द भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएको भन्दै बन्द गरेको सूचना टाँस गरेको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘आवेदन प्रणालीमा केही […]

तनहुँमा ट्र्याक खुलेको २९ वर्षमा सडक कालोपत्र

ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शहीद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्र गरिएको हो ।...

वायु प्रदुषणपछि खुलेको काठमाडौँको मौसम, हेर्नुस् तस्बिरमा

काठमाडौँ / मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका ।  केही हप्तादेखि उपत्यकामा वायु प्रदुषण भएको थियो । तस्वीर : रोशन सापकोटा/रासस      लामो समयपछि