खुलेको मौसम, हँसिला हिमाल (तस्वीरहरू)

काठमाडौं : उपत्यकाको मौसम खुलेसँगै यहाँबाट चाँदीजस्तै टलक्कै टल्केका सेता हिमालहरूको रमाइलो दृश्य देखिएको छ। उपत्यकाबाट देखिने मनास्लु, गणेश, लाङटाङ हिम शृङ्खला, जुगल दोर्जे लाक्पा, रोल्वालिङ हिम शृङ्खला तथा र गौरीशंकर हिमालका दृश्यहरु अहिले छर्लङ्गै देखिएका छन्।दशैँसम्म झरी परिरहेको मौसम केही दिनअघिदेखि मात्र खुलेको हो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको संघारमा खुलेको मौसमले दृश्य मनमोहक बनाएको छ।नेपालबाट केहीदिन अघिमात्र मौसमसमेत बहिरिसकेको छ। गर्मी मौसम सकिएर अब विस्तारै चिसो मौसम सुरु भइसक

सम्बन्धित सामग्री

हिमाल किन कालो हुँदैछ ?

पोखरा- लेकसाइडका जगन्नाथ अधिकारीको बाल्यकाल बिहान उठ्नेबित्तिकै घरको आँगनबाट छ्यांग खुलेको हिमाल हेर्दै बित्यो । आजकाल लेकसाइडबाट हिमाल देख्न मुस्किल छ उनलाई । हिमाल कहिले देखिन्छ त कहिले छेकिन्छ । ‘टुरिष्ट आउँदा हिमालको फोटो देख्छन्, यहाँबाट देखेनन् भने साँच्चै यहींबाट देखिएको हो भनेर सोध्छन् । किनभने फोटोमा देखेको हिमाल यहाँबाट देखिदैन, उनीहरुलाई कन्फ्युज जस्तो हुँदो […]

नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला

काठमाण्डाै - नेपालका थप पाँच वटा हिमाल व्यावसायिक आरोहणका लागि खुल्ला भएका छन् । सिन्धुपाल्चोकमा रहेको जुगल हिम शृङ्खलामा पर्ने ५ वटा हिमाल आरोहणका लागि खुला गर्ने मन्त्रिपरिषद्काे निर्णय राजपत्रमा प्रकाशित भएसँगै ती हिमालमा व्यावसायिक आरोहणको बाटो खुलेको पर्यटन विभागले जनाएको छ । आरोहण खुल्ला गरेका हिमालको उचाइ पाँच हजार ९२२ मिटरदेखि ६ हजार ५९१ मिटरसम्म रहेको छ । यी हिमालहरु काठमाण्डौबाट नजिक रहेकाले आरोहीको आकर्षण हुने आरोहण व्यवसायीहरु बताउँछन् । थप पाँचसहित नेपालमा सरकारले आरोहण खुला गरेका ...

वसन्त याममा खुलेको मनासुलु हिमाल

नेपालको पर्वतारोहण तथा पदयात्राको उपयुक्त समय मानिएको वसन्त याममा चामे– १ तिमाङबाट मङ्गलबार बिहान देखिएको आठ हजार एक सय १६ मिटर अग्लो मनासुलु हिमाल । तस्बिर नवीन लामिछाने/रासस

खुलेको माछापुच्छ्रे हिमाल

कास्की, ६ कात्तिक : पोखरा महानगरपालिका–१९ तल्लाकोटबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर : कृष्ण दवाडी/रासस

मौसमसँगै खुलेको लमजुङ घलेगाउँ (फोटो फिचर)

प्राय:  उस्तै बनोटका घर । सबै घर रातो जस्ताले छाइएका छन् । टाढैबाट नियाल्दा गुचुमुच्च झैँ देखिने बस्ती। मुसुक्क मुस्कुराएका हिमाल समीपमै रहेको लमजुङको सुन्दर घलेगाउँ। घलेगाउँ पुगेर यहाँको प्रकृति र संस्कृति नियाल्दा मन र नयन दुवैलाई आनन्दित तुल्याउँछ । खुलेको यो मौसममा घलेगाउँको प्राकृतिक सौन्दर्यले जो कोहीलाई भुतुक्कै बनाउँछ । त्यसैले त यस गाउँमा सयौँ संख्यामा पर्यटक आइरहन्छन् । घलेगाउँको प्रकृति र संस्कृतिसँग प्रत्यक्ष साक्षात्कार गर्न । नेपालकै पहिलो सुखी गाउँ घोषित घलेगाउँमा अहिले दैनिक गाउँम...

हप्ता दिनको झरी थामिएपछि खुलेको हिमाल

विगत एक हप्तादेखिको निरन्तर झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ । मौसम खुलेसंगै बागलुङ बजारबाट देखिएको धवलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर : रामबहादुर थापा/रासस

नयाँ वर्षमा खुलेको हिमाल

नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल ।  तस्बिर : रामबहादुर थापा/रासस

नयाँ वर्षमा खुलेको धवलागिरि हिमाल

बागलुङ, १ वैशाख । नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल । तस्वीरः रामबहादुर थापा÷रासस

खुलेको नीलगिरि हिमाल

बेनी, २२ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको नीलगिरि हिमाल । तस्वीरः कमल खत्री÷रासस

खुलेको हिमाल

दमौली, २५ कात्तिक । तनहुँको ऋषिङ गाउँपालिका–३ नाजुङबाट देखिएको हिमालको दृश्य । चिसो मौसम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँबाट हिमालका दृश्य खुलेका छन् । तस्वीरः कृष्ण न्यौपाने÷ रासस