नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्ला एक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेकाले माओवादीसँग सहकार्य गर्नुपरेको बताएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उनले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताए । उनले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने प