काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालमा कारबाहीका परेको डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ। भट्टराईले बिहीबार निर्वाचन आयोग पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन्। आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको नेता रमेश पोखरेलले जानकारी दिए। ‘यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो’, उनले भने, ‘पार्टी