सिटिजन्स बैंकको वार्षिकोत्सवमा छूट योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १६औं वार्षिकोत्सवको अवसरमा छूट योजना सार्वजनिक गरेको छ । बैंकले वैशाखको पहिलो सात दिनका लागि लागू् हुने गरी बैंकका विभिन्न क्यास लेस कारोबारमा छूट र क्यासब्याक लगायत योजना सार्वजनिक गरेको हो, जसअन्तर्गत डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाईनमार्फत १ रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २०० सम्म क्यासब्याक पाउने बताइएको छ । यसैगरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकले पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ । योजना अवधिभरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई नि:शुल्क रूपमा उपलब्ध गराउने बैंकले बताएको छ । त्यसैगरि बैंकले योजना अवधिभर नि:शुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था समेत गरेको छ ।

सम्बन्धित सामग्री

१७औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकको छुट योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजना सार्वजनिक गरेको छ ।

सिटिजन्स बैंकको एपमार्फत मुद्दति खाता खोल्ने सुविधा

सिटिजन्स बैंक इन्टरनेसनलले एपबाट सिधै मुद्दति निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । ग्राहकले बैंकको एप प्रयोग गरेर विभिन्न मुद्दति निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा दश हजारदेखि पााच लाख रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ । त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दति निक्षेप अनुरोध सुविधा पनि […]

सिटिजन्स बैंकद्वारा लकर सेवा शुल्कमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ । जसअनुसार बैंकले भाद्र महिनाभर लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरूबाट पनि प्राप्त गर्न सक्नेछन् ।  यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात,

सिटिजन्स बैंक–बर्दिवास जनसेवा अस्पताल सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र सर्लाहीको बर्दिवास जनसेवा अस्पतालबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । उक्त अस्पतालमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई १० प्रतिशत छूट दिने सम्झौता भएको हो । मंगलवार भएको उक्त सम्झौताबाट ग्राहक वर्ग लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । त्यस्तै प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले बताएको छ । कार्ड स्वाइप र अनलाइन बैंकिङमा पनि क्यासब्याक दिइने बैंकले बताएको छ । ‘योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट रू. २ सय क्यासब्याक दिइनेछ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंकको छुटै छुट योजना

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १५ औं वार्षिकोत्सव अवसरमा छुटै छुट  योजना सार्वजनिक गरेको छ । आउँदो वैशाख ७ गते पर्ने १५ औं वार्षिकोत्सवलाई लक्षित गरी बैंकले चैत ७ देखि वैशाख ७ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा–सुविधामा छुट र क्यासब्याकलगायत योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय रुपैयाँ क्यासब्याक पाउनेछन् । पहिलो पटक क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकका लागि १ सयको क्यासब्याक दिइने बैंकले बताएको छ । यस्तै, ईकम कार्ड प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले योजना अवधिभर  ईकम कार्ड लिने ग्राहकलाई निःशुल्क उपलब्ध गराउनेछ । ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता सुविधाका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिनेछ । यस प्रकारका सेवाबाट ग्राहक लाभान्वित भई डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकको छ । हाल बैंकले १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सव अवसरमा छुटैछुट योजना

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजनिक गरेको हो ।योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले  पस (पीओएस) मेसिन र अनलाइनमार्फत १ हजार रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्या

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुट योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले यही चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले  पस मेसिन र अनलाइन मार्फत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ट रु २०० क्यासब्याक दिइने कम्पनीले जनाएको छ । यसै गरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी

जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन  गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।साथै, यस शाखामार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसाय

सिटिजन्स बैंकमार्फत घरबाटै कर्जा लिन सकिने

सिटिजन्स बैंक इन्टरनेसनलडले एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा नयाँ सुविधाका लागि पेडे लोन नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । विहीबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कम्प्यूटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका छन् ।बैंकमा तलब खाता सञ्चालन गरिरहेका […]

रौतहटको गरुडामा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

काठमाडौं, १७ बैशाख । रौतहटको गरुडामा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ । बैंकको अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, […]