सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ । जसअनुसार बैंकले भाद्र महिनाभर लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरूबाट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात,