नेपालजस्तो मुलुकमा डिजिटल रूपान्तरणमा चुनौती : विज्ञ

काठमाडौं (अस) । नेपालजस्तो विकासमा थुप्रै काम गर्न बाँकी रहेको मुलुकका लागि डिजिटल रूपान्तरणको आवश्यकता र औचित्य रहे पनि यसमा विभिन्न चुनौती रहेको औंल्याइएको छ । बिहीवार नेपाल इकोनोमिक फोरमले काठमाडौंमा आयोजना गरेको ‘टकसिरिज’ कार्यक्रममा डिजिटल रूपान्तरणले देशमा सुशासन कायम हुनुका साथै सेवाग्राहीलाई पनि सहज हुनेमा विज्ञहरूले जोड दिए ।  अहिलेको कागजी प्रक्रियाबाट डिजिटल रूपान्तरण हुन जरुरी हुँदाहुँदै पनि यसका लागि अनेक चुनौती रहेको बताइएको छ । ‘टकसिरिज’मा ई–गभर्नेन्स आयोगका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर दिपेश विष्टले डिजिटल रूपान्तरणका लागि राजनीतिक दलका नेतादेखि प्रतिनिधिसभाका सदस्यसम्मले नयाँ प्रविधिको महत्त्व बुझ्न आवश्यक रहेको बताए । डिजिटल नेपाल फ्रेमवर्कको बारेमा माथिल्लो तहका निकायले नै नबुझेको उल्लेख गर्दै उनले डिजिटल रूपान्तरणका लागि स्थापना भएका संरचनाबीच समन्वय र सहकार्य हुन नसक्नु अर्को चुनौती रहेको बताए । सोही कार्यक्रममा वर्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले नेपालमा इन्टरनेट प्रदायक संस्थाले ३० प्रतिशतभन्दा बढी कर तिर्नु परिरहेको बताए । खल्ती डिजिटल वालेटका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले पछिल्लो समयमा नियमनकारी निकायले डिजिटल पेमेन्टलगायतमा सुधार गर्दै गए पनि समग्र पक्षमा सुधार हुन आवश्यक रहेको बताए ।   दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले पछिल्लो समयमा शहरी क्षेत्र मात्र नभई ग्रामीण भेकमा पनि अनलाइनबाट कारोबार गर्नेको संख्या बढ्दै गएको बताइन् । फोरमका अध्यक्ष सुजीव शाक्यले नेपालमा स्थापना भएका डिजिटल कारोबार गर्ने कम्पनीहरूको संख्या र उनीहरूले गर्ने व्यवसाय हेर्दा आशा गर्ने ठाउँ रहेको बताए । सोही कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा स्तरीकरण महाशाखा प्रमुख मीनप्रसाद अर्यालले विश्वका अन्य मुलुकको तुलनामा डिजिटल कारोबार गर्ने क्रम नेपालमा अझै न्यून रहेकाले डिजिटल व्यवसाय अवसरको रूपमा रहेको बताए ।   

सम्बन्धित सामग्री

अस्थिरताको नियमित आकस्मिकता

जनवरी ८, २०२४ मा ‘इन्डिया टुडे’ मा प्रकाशित अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा बलियो सरकार चाहिने तर्क गर्दै भनेका छन्, ‘आज जनता, विज्ञ, विचारनिर्माता र मिडियाका साथीहरूका बीचमा पनि एकमत के छ भने, हाम्रो मुलुकलाई मिलीजुली सरकार आवश्यक छैन ।

‘डेंगी अझै एक महिना’

स्वास्थ्य विज्ञहरूले मुलुकमा डेंगी संक्रमण अझै एक महिनासम्म देखिन सक्ने बताएका छन् । विभिन्न भागमा भएको वर्षाले गर्दा संक्रमणको अवस्था लम्बिन सक्ने उनीहरूको अनुमान छ । छिमेकी भारतको बिहारमा डेंगीको केस बढेकाले सीमावर्ती मधेसका जिल्लामा संक्रमण वृद्धि हुन सक्ने विज्ञ बताउँछन् ।

इलेक्ट्रिक सवारीमा बढाएको कर तत्काल लागु नगर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले इलेक्ट्रिक सवारीमा बढाएको कर तत्काल लागु नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले विद्युतीय सवारीमा बढाईएको कर लागू नगर्न आदेश जारी गरेको हो ।परमादेशमा वातावरणीय कानुनको विकासमा पर्न गएको प्रभाव र आगामी दिनमा अवलम्बन गर्नुपर्ने उपायको सम्बन्धमा सुझाव दिन विज्ञ र सरोकारवालाको प्रतिनिधित्व हुनेगरी कार्यदल गठन गर्न समेत निर्देशन दिईएको छ ।शशि बस्नेतको टोलीले विद्युतीय सवारीको प्रयोग बढाउने वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो परमादेश जारी गरेको हो ।फैसलामा मुलुकमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हित अनुकुल हुने गरी स्रोत साधनको संरक्षण, सम्बर्द्धन र वातावरण अनुकूल दिगो रुपमा उपयोग गनुपर्ने उल्लेख गरिएको छ ।संविधानको मर्म र भावना विपरीत विद्युतीय सवारीमा कर बढाउने निर्णय नगर्न पनि फैसलामा उल्लेख गरिएको छ ।

नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने !

मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वेक्षण गरेको थियो । सर्वेक्षणले  मुलुकको  अर्थतन्त्रको  आकार,  प्रतिव्यक्ति  कुल गार्हस्थ्य उत्पादन र जनसङ्ख्याका आधारमा वाणिज्य बैङ्कहरूको  सङ्ख्या  धेरै  रहेको  र  हाल

विप्रेषण घटेको घट्यै : ९० % वैदेशिक रोजगारी खाडीमा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि घट्न थालेको विप्रेषण आप्रवाह सातौं महीनामा पनि सुधार हुन सकेको छैन ।  नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्म विप्रेषण आप्रवाहमा ४ दशमलव ९ प्रतिशतले कमी आई ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ कायम भएको छ । गतवर्ष सोही अवधिमा विप्रेषण १० दशमलव ९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव ८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।  विप्रेषण आप्रवाहमा कमी आएसँगै समग्र अर्थतन्त्रमा अझै सुधारको संकेत देखापरेको छैन । विज्ञहरूले अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि नबढ्नुमा विप्रेषण आप्रवाह घट्नुलाई मुख्य कारण मान्दै आएका छन् । अर्थशास्त्री डा। पोषराज पाण्डे विप्रेषण कुनै पनि देशको स्थायी आय हुन नसक्ने भए पनि तत्काल विप्रेषणको विकल्प नभएको बताउँछन् । ‘लामो समयसम्म विप्रेषण एकै गतिमा नहुने भएकाले सरकारले स्वदेशी उत्पादन वृद्धिलगायतका अन्य योजनामा जोड दिन ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।  कतिपय विज्ञ जनसंख्याको तुलनामा यतिखेर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च विन्दुमा पुगेको तर्क गर्छन् । हरेक वर्ष श्रमबजारमा प्रवेश गर्ने करीब ५ लाखमध्ये स्वदेशमा मुश्किलले ५० हजार हाराहारीले रोजगारी पाउने गरेका छन् । स्वदेशमा रोजगारी नपाउनेहरू भारतलगायत विभिन्न मुलुकमा रोजगारीका लागि जाने गर्छन् । कोरोना महामारी शुरू हुनु अघिसम्म श्रम स्वीकृति लिएर वर्षमा नयाँ र नवीकरणसहित ५ लाख हाराहारीका युवायुवती वैदेशिक रोजगारीमा जाने गर्थे ।  कोरोना महामारी शुरू भएपछि भने वैदेशिक रोजगारीमा जानेको संख्या केही घटेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागका अनुसार साउनयता श्रमस्वीकृति लिएर ३ लाख ५२ हजार ४ सय २७ युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये खाडीका चार मुलुक साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स ९यूएई० र कुबेतमा कामका लागि जानेको संख्या करीब ३ लाख २० हजार ५ सय ३३ छ । यो ७ महीनामा वैदेशिक रोजगारीमा जानेमध्ये कूल संख्याको करीब ९० प्रतिशत हो ।  यस अवधिमा सबभन्दा बढी नेपाली काम खोज्न साउदी गएका छन् । साउदीमा १ लाख २४ हजार ३५ युवायुवती कामका लागि गएका छन् ।  त्यस्तै कतारमा  १ लाख १६ हजार १ सय ५३ नेपाली काम खोज्न जाँदा यस अवधिमा महीनामा यूएईमा ७० हजार १ सय ३२ र कुबेतमा १० हजार २ सय १३ गएको विभागले जनाएको छ । पछिल्लो समयमा विप्रेषण आप्रवाह वृद्धि हुन नसक्नुका अनेक कारणमध्ये धेरैजसोले खाडी मुलुकलाई गन्तव्य बनाउनु पनि एक भएको विज्ञहरूको धारणा छ । वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्ले खाडी मुलुकको रोजगारीको विकल्प खोज्न ढिलाइ भइसकेको बताउँछन् । खाडी मुलुक जाने नेपालीले न्यून पारिश्रमिक पाउने तर ९० प्रतिशत हाराहारी तिनै मुलुकमा जाने गरेकाले त्यसको असर विप्रेषण आप्रवाहमा देखिएको उनको भनाइ छ ।  हाल सरकारले रोजगारीमा जान विश्वका ११० मुलुक खुला गरे पनि अधिकांश माग खाडी मुलुकबाट आउने गरेको छ । ‘धनी र विकसित मुलुकमा नेपाली कामदार पठाउन सक्ने हो भने अहिले आइरहेको भन्दा धेरै विप्रेषण प्राप्त हुन्छ,’ विभागका महानिर्देशक शेषनारायण पौडेल भन्छन्, ‘तर, अधिकांश माग खाडी मुलुकबाट आउँछन् ।’  वैदेशिक रोजगार ऐन २०६४ ले रोजगारीका लागि युवालाई विदेश पठाउनुअघि गन्तव्य मुलुकबाट मागपत्र ल्याउनुपर्ने व्यवस्था गरेको छ । गन्तव्य मुलुकका रोजगारदाताले कामदारको माग गरेपछि सम्बद्ध मुलुकमा रहेका नेपाली नियोगले त्यस्तो मागपत्र प्रमाणीकरण गर्नुपर्छ । मागपत्र प्रमाणीकरणपछि मात्र कामदार पठाउने प्रक्रिया शुरू हुन्छ । कामदारको मागपत्र ल्याउने र विदेश पठाउन पाउने सुुविधा ऐनले म्यानपावर कम्पनीलाई मात्र दिएको छ ।  म्यानपावर व्यवसायी भने युवायुवतीलाई राम्रा गन्तव्य मुलुकमा पठाउने चाहना हुँदाहुँदै ती मुलुकमा नेपाली राजदूतावास नहुँदा समस्या परेको दाबी गर्छन् । ‘हामी पनि नेपालका युवायुवती बढी पारिश्रमिक पाइने ठाउँमा जान पाऊन भन्ने चाहन्छौं,’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले भने, ‘तर, धेरैजसो मुलुकमा नेपाली नियोग नै छैनन् । छिमेकी मुलुकका नियोगलाई प्रमाणीकरणका लागि आग्रह गर्दा निकै समय र खर्च लाग्ने गरेको छ ।’  यतिखेर विश्वका ३९ मुलुकमा मात्र नेपाली राजदूतावास र कन्सुलर सेवा प्रदान गर्ने कार्यालय छन् । नेपाली राजदूताबास र कन्सुलर सेवा नभएका मुलुकमा जसलाई पायक पर्छ, तिनै नियोगले मागपत्र प्रमाणीकरण गर्नुपर्ने सरकारी नीति छ । व्यवसायीले यस्तो सरकारी नीति अव्यवहारिक भएको तर्क गर्दै आएका छन् ।  ‘पोल्यान्डमा नेपाली कामदार पठाउनुपर्‍यो भने जर्मनीमा रहेको राजदूतावासले मागपत्र प्रमाणीकरण गर्नुुपर्छ । तर, जर्मनीमा बस्ने कर्मचारी पोल्यान्डमा पुगेर रोजगारदाताको अवस्था बुझ्न व्यावहारिक हुँदैन,’ श्रेष्ठले भने । राम्रा मुलुकमा कामदार पठाउन नपाएपछि विप्रेषणमा सुधार हुन नसक्ने उनको भनाइ छ ।  चालू आवको तथ्यांक हेर्दा गतवर्षकै हाराहारीमा विप्रेषण भित्रिन कठिन हुने अनुमान गरिएको छ । गतवर्ष हालसम्मकै बढी ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो ।  विप्रेषण घट्न थालेपछि यतिखेर राष्ट्र बैंकलगायत निकायले अध्ययन शुरू गरे पनि अहिलेसम्म यसको कारण सार्वजनिक गरिएको छैन । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट कोरोना महामारीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेकाले पनि अहिले विप्रेषणमा गिरावट आएको हुनसक्ने ठान्छन् । श्रम, आप्रवासन विज्ञ सोम लुइँटेल वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउन नसक्दाको असर विप्रेषणमा परेको बताउँछन् । ‘वैदेशिक रोजगारीमा जानेलाई सम्बद्ध काममा दक्ष बनाउन सकेको भए रोजगारदातासँग राम्रो पारिश्रमिक लिन सक्थे,’ उनले भने, ‘शीप नभएपछि पारिश्रमिक न्यून हुने भइहाल्यो ।’  केन्द्रीय तथ्यांक विभागका अनुसार यतिखेर वैदेशिक रोजगारीमा जानेमध्ये करीब ७५ प्रतिशत अदक्ष कामदार हुने गरेका छन् । कतिपय विज्ञ भने विप्रेषण घट्नुको कारण हुन्डी कारोबार बढेको हुनसक्ने अनुमान गर्छन् । ‘हुन्डी कारोबार रोक्न एकातिर विप्रेषण पठाउँदा लाग्ने खर्च सस्तो बनाउनुपर्छ भने अर्कोतर्फ सरकारी प्रक्रियालाई सहज पार्नुपर्छ,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने ।  विप्रेषणले विदेशी विनिमय सञ्चितिमा सहयोग गर्ने गरेको छ । केन्द्रीय बैंकका अनुसार अहिले ६ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति छ । कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव २ प्रतिशतले कमी आई माघ मसान्तमा ११ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड छ । यस्तो सञ्चिति घटेको बेला निर्यात बढाउन सक्दा अर्थतन्त्रमा समस्या हुँदैन । तर, अहिले निर्यातको तुलनामा आयात निकै बढी छ ।सात महीनामा आयात ४२ दशमलव ८ प्रतिशत बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा विभिन्न मुलुकमा निर्यात १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ ।  अधिकांश नेपाली रोजगारीका लागि निश्चित गन्तव्य मुलुकमा जाँदा जोखिम पनि उत्तिकै हुने धेरैको भनाइ छ । ठूलो संख्यामा नेपाली कामदार रहेका गन्तव्य मुलुकमा कुनै समस्या सृजना भयो भने त्यसबाट नेपाल पनि नराम्रोसँग प्रभावित हुनसक्ने सम्भावना भएकाले सरकारले रोजगारीलाई विविधिकरण गर्न आवश्यक छ ।

तेस्रो लहरलाई नियन्त्रणबाहिर जान नदिन डा. रवीन्द्र पाण्डेका १२ सुझाव

अहिले मुलुकमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयको मंगलवारको तथ्यांकअनुसार एकै दिन १० हजार २५८ जना नयाँ संक्रमित भेटिए ।  यही गतिमा संक्रमण बढ्दै जाने हो भने अकल्पनीय अवस्था आउन सक्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् । उनले मापदण्ड पालना र स्मार्ट लकडाउनका विषयमा पनि प्रश्न उठाएका छन् । ‘पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परीक्षण वडावडाबाट गरिएको थियो, कन्ट्याक्ट ट्रेसिङ हुन्थ्यो, अहिलेभन्दा मापदण्डको अनुगमन हुन्थ्यो, क्वारेन्टिन र आइसोलेसन केन्द्र सबैतिर थिए,’ उनले ...

नयाँ श्रम बजारको गन्तव्य खोजी गरौं : श्रम विज्ञ गणेश गुरुङ

श्रम विज्ञ गणेश गुरुङले नेपाली श्रमिकहरू कम तलब भएका भारत, मलेसिया लगायत मुलुकमा काम गरिरहेकाले नयाँ श्रम बजार  खोज्न जरुरी रहेको बताएका छन्  । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर आईएमई  माइग्रेसन एण्ड समिट २०२१’ का मुख्य वक्ताको रुपमा रहेका गुरुङले श्रम बजारको नयाँ गन्तव्य खोजेर ब्राण्डिङ गर्नुपर्ने बताए ।

पुँजीगत खर्च वृद्धि गर्ने सरकारी योजना अलपत्र

राजस्व उठ्ने निश्चित समयको विचार नगरी योजना बनाउँदा पनि सरकारले आफ्नो लक्ष्यअनुसार काम गर्न नसकेको देखिन्छ । अघिल्ला केही वर्षदेखि राजनीतिक स्थिरता भए तापनि मुलुकमा विकास खर्च भने बढ्न सकेन । राजनीतिले ग्रस्त कर्मचारीतन्त्र, इच्छाशक्तिविहीन बहुमतको सरकार तथा विकास आयोजना बनाउनेभन्दा पनि कसरी रोक्ने सोच भएका थरीथरीका विज्ञ अनि राजनीतिक दलका नेताले भनेपछि ब्रह्मवाक्य मान्ने […]

सलह खाने कि नखाने ?

कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।