आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले मुलुकमा आयुर्वेद चिकित्सा क्षेत्रको विकास र विस्तार, यसको प्राज्ञिक उन्नयन एवं आवश्यक नीति निर्माणका लागि सो संस्थानका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विसं २०५१ र शिक्षा मन्त्रालयले २०५५ मा नै निर्णय गरेको …