इलेक्ट्रिक सवारीमा बढाएको कर तत्काल लागु नगर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले इलेक्ट्रिक सवारीमा बढाएको कर तत्काल लागु नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले विद्युतीय सवारीमा बढाईएको कर लागू नगर्न आदेश जारी गरेको हो ।परमादेशमा वातावरणीय कानुनको विकासमा पर्न गएको प्रभाव र आगामी दिनमा अवलम्बन गर्नुपर्ने उपायको सम्बन्धमा सुझाव दिन विज्ञ र सरोकारवालाको प्रतिनिधित्व हुनेगरी कार्यदल गठन गर्न समेत निर्देशन दिईएको छ ।शशि बस्नेतको टोलीले विद्युतीय सवारीको प्रयोग बढाउने वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो परमादेश जारी गरेको हो ।फैसलामा मुलुकमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हित अनुकुल हुने गरी स्रोत साधनको संरक्षण, सम्बर्द्धन र वातावरण अनुकूल दिगो रुपमा उपयोग गनुपर्ने उल्लेख गरिएको छ ।संविधानको मर्म र भावना विपरीत विद्युतीय सवारीमा कर बढाउने निर्णय नगर्न पनि फैसलामा उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

विद्युतीय सवारीमा बढाइएको कर तत्काल लागु नगर्न सरकारलाई सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले सरकारले विद्युतीय सवारीमा बढाएको कर तत्काल लागु नगर्न परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल

विद्युतीय गाडीमा कर बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय गाडीमा कर बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र सपना प्रधान मल्लको संयुक्त इजालासले यस्तो आदेश जारी गरेको हो । दैनिक बढिरहेको प्रदूषण कम गर्न सरकारले विद्युतीय सवारीको प्रयोग बढाउने वातावरण सृजना गर्नुपर्ने माग गर्दै शशि बस्नेतसमेतको टोलीले दायर गरेको रिटकाे […]