तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रकरण छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग चार महिनादेखि बयान लिने काममै अल्झिएको छ । तत्काल छानबिन गरेर प्रतिवेदन तयार पार्ने जिम्मा पाएको टोली अहिले प्रतिवादीहरूको बयान लिने काम गरिरहेको हो ।