आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो

मंसिर ५, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार  सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा रू.७ करोड ७० लाख नाफा कमाएकोमा चालू आवमा रू. ५ करोड ७ लाखमा झरेको हो ।  चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत र सञ्चालन नाफा ३४ प्रतिशत घटेको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू.४८ करोड ११ लाख १६ हजार सञ्चित रहेको छ । चालू आवमा कम्पनीले रू. ३५ करोड ५१ लाख ६ हजार सापटि लिएर, रू.२ र्ब ३० करोड १४ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ९४ करोड ८८ लाख ९१ हजार कर्जा लगानी गरेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको ।  कम्पनीले उक्त परिमाणको आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको कस्तो छ वित्तीय अवस्था ? आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा ६६% बढ्यो

सम्बन्धित सामग्री

भर्खरै आईपीओ निष्कासन गरेको नेष्डो समृद्ध लघुवित्तको नाफा १५.५४% घट्यो

वैशाख २६, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा १५ दशमलव ५४ प्रतिशत घटेको छ ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. १९ करोड ५० लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. १६ करोड ४७ लाखमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफा पनि १५ दशमलव ५४ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. २६ करोड १५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ३० करोड ९६ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २६ दशमलव ९१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४६ करोड ६ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ५८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२ दशमलव ९३ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ९ दशमलव ३३ प्रतिशतले घटेको छ ।  कम्पनीको खराब कर्जा ५ दशमलव ७२ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) ८६ दशमलव १५, मूल्य आम्दानी अनुपात २६ दशमलव २७ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३२९ दशमलव २८ छ ।  हाल कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ४८ दशमलव १४ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख रुपैयाँ थियो । कम्पनीले केहि महीना अघिमात्र आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको वित्तीय अवस्था :

फागुन ९, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो । कुल कित्तामध्ये १२ हजार ७५० कित्ता कर्मचारीहरुको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ । आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १५ र ढिलोमा फागुन २५ गतेसम्म रहेको छ । यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. २५ करोड ५० लाख पुग्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड ७३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १८ प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १३ करोड २३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा घटेकाले नाफा घटेको हो । साथै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा घटेको देखिन्छ । गत आवको दोस्रो त्रैमासससम्ममा कम्पनीको नित्रिष्क्रय कर्जा २ दशमलव शून्य ८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ६ दशमलव शून्य ९ प्रतिशत पुगेको हो । कम्पनीले जगेडामा रू. ५४ करोड ३ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३३ करोड ३४ लाख सापटी लिएर रू. २ अर्ब ३७ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब २१ करोड कर्जा लगानी गरेको हो । हालसम्ममा कम्पनीले ५६ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय पर्वत, कुश्मा बजारमा रहेको छ ।                                                               स्रोत : कम्पनीद्वारा प्रकाशित दोस्रो त्रैमासको वित्तीय विवरण

अर्को लघुवित्तको आईपीओ पनि निष्काशनको लाइन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी रहेको छ । कम्पनीले यहीँ फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।एकसय रुपैयाँ अंकित ८ लाख २८ हजार ७५० कित्ता मध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुनिश्चित गरिएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयरका लागि भने सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन

नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन ११ गतेदेखि विक्रीमा

फागुन ४, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।  कम्पनीको उक्त आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी - आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन ११ मा खुल्ने

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागु ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।प्रतिशेयर एक सयका दरले ८ लाख २८ हजार ७ सय ५० कित्ता मध्ये  १२ हजार ७ सय कित्ता साधारण शेयर कर्मचारीका लागि र ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागिएको हो।११ गते खुल्ने शेयर १५ गते बैंकिङ समयपछि बन्द हुने छ।

५ महीनापछि एकै पटक ६ ओटा कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति

माघ १०, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ५ महीनापछि एकै पटक ६ ओटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।  गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रकृयाले निरन्तरता पाएको हो । बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  बलेफि हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण समेतमा कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बोर्डले यो कम्पनीलाई स्थानीयका लागि रू. ३६ करोड ५५ लाख ९४ हजार बराबरको शेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले उक्त शेयर निष्कासन गर्न बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।  त्यस्तै, ग्रीन भेन्चरस् लिमिटेडले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते बोर्डमा निवेदन दिएको थियो । यो कपनीलाई रू. ६२ करोड ५० लाख बराबरको शेयर स्थानीयका लागि निष्कासन गर्न अनुमति दिइएको छ । त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तलाई रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तलाई रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न स्वीकृति दिइएको हो । जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २०७८ साल असार २४ गते बोर्डमा निवेदन दिएका थिए । नेष्डो समृद्ध लघुवित्तले रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । यो कम्पनीले २०७८ असार ६ गते बोर्डमा निवेदन दिएको थियो । त्यसैगरी इमर्जिङ नेपाललाई रू. ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिइएको छ । यो कम्पनीले गत असार १७ गते आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो ।  प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ पश्चात पछिल्लो समय आईपीओ निष्कासन भएको छैन । सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो ।  बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेण्टको शेयर गैरकानूनी रुपमा खरीद गरेको आरोपमा गत असोज १९ गते बर्खास्त गरेको थियो । सो पश्चात बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।  आईपीओका लागि बोर्डले स्वीकृति प्रदान गरेका कम्पनीहरु :                                                                          स्रोतः नेपाल धितोपत्र बोर्ड

२४ लाख ६७ हजार कित्ता आईपीओ ल्याउने तयारीमा ४ ओटा लघुवित्त कम्पनी

भदौ ५, काठमाडौं ।  चार ओटा लघुवित्त कम्पनीले कुल २४ लाख ६७ हजार बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् ।   राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था,जाल्पा लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।   ती चार ओटा कम्पनीमध्ये सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन  गर्नेछ । उक्त कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन गत असार २४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराइसकेको छ । उक्त आईपीओलाई इक्रा नेपालले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ४ करोड ९५ लाख ६९ हजार पुगेको हो । खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले गत आवमा कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।   त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको खुद नाफा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि गत असार २० गते निवेदन दिएको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।  उक्त कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो ।  त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न गत साउन १३ गते धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त कम्पनीको नाफा पनि अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अघिल्लो आवमा रू. ४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको छ ।  गत अवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।   उपकार लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले रेटिङ गराएका भने छैनन् । ती चारवटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।                                                                स्रोत : सेबोन र कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा ६६% बढ्यो

भदौ ३, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६६ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।  अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू. ४२ करोड ७३ लाख २५ हजार सञ्चित गरेको छ ।  साथै, कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा असार ६ गते निवेदन दिएको छ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले इक्रा नेपालले कम्पनीले निष्कासन गर्नका लागेको आईपीओलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरीसकेको छ । यस्तो रेटिङले कम्पनीको समयमै दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।                                                    स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण