आजदेखि नेष्डो समृद्ध लघुवित्तको आईपीओ विक्रि खुल्ला, सर्वसाधारणको लागि कति ?

काठमाडौं, ११ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख २८ हजार रुपैयाँ बराबरको आईपीओ निस्काशन गरेको छ । संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर आईपीओ लागि आजदेखि विक्रि खुला भएको हो । आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ […]

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तले दोस्रो त्रैमासम्म कमायो रू. ११ करोडभन्दा बढी नाफा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ११ करोड २ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ दशलमव ६४ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. १० करोड ७३ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १८ करोड ७५ लाख नाफा कमाएकोमा चालू आवमा रू. १९ करोड ८८ लाख पुर्‍याएको छ ।  चुक्तापूँजी रू. २५ करोड ५० लाख रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ६४ करोड ४५ लाख सञ्चित गरेको छ । त्यस्तै रू. ३९ करोड ५० लाख सापटी र रू. २ अर्ब ५९ करोड निक्षेप संकलन गरेर कम्पनीले रू. ४ अर्ब ५६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८६ दशमलव ४५ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३७ दशमलव ६५ गुणा, तरलता अनुपात १६ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३५२ दशमलव ७७ रहेको छ ।  रिर्पोट हेर्न यहाँ क्लिक गर्नुहोस

नेष्डो समृद्ध लघुवित्तको आईपीओले कति पाउला त ओपन रेञ्ज ?

चैत १, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले दोस्रो बजारमा पहिलो कारोबारको लागि रू.२६० दशमलव ४ देखि ७८२ दशलमव ५२ ओपन रेञ्ज पाउने देखिएको छ ।  कम्पनीको वस्तविक प्रतिशेयर नेटवर्थ आव २०७६/ ७७ मा रू. २६० दशलमव ८४ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो करोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण कम्पनीको पहिलो कारोबारका लागि उक्त मूल्य पाउने देखिएको हो । कम्पनीले फागुन ११ गते देखि १५ गतेसम्म ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपीओको बाँडफाँट भने गत फागुन २४ गते भएको थियो।  मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका थिए ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन ११ गतेदेखि संस्थाका कर्मचारी सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिए

आईपीओ जारी गर्दै नेष्डो लघुवित्त, कति दिने आवेदन ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि फागुन ११ देखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी (२५ करोड ५० लाख )को ०‍.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी ...