नेष्डो समृद्ध लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन ११ गतेदेखि संस्थाका कर्मचारी सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिए

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

फागुन १५, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीको आईपीओमा शुक्रवार बिहान १० बजेसम्म मागभन्दा २७ दशमलव ३८ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परिसकेको हुनाले कम्पनीको आईपीओ छिटो अवधिमै बन्द हुन लागेको हो । सिडिएस क्लियरिङका अनुसार उक्त अवधिसम्म १८ लाख १ हजार ९६१ जना आवेदकबाट २ अर्ब १२ करोड १० लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख १० हजार ८१० कित्ताका शेयरको लागि आवेदन परेको हो ।  कम्पनीले गत बुधवारदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरीरहेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।