काठमाण्डाै – २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही वैशाख ११ गते धरहराको उद्घाटन गरिँदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएपछि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ ।आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गर्नुभएको छ । यस क्रममा वैशाख १० गतेभि...