सुर्खेतमा असार २५ गतेसम्म थपियो निषेधाज्ञा, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली

सुर्खेत । वैशाख १४ गतेदेखि लागु गरिएको निषेधाज्ञा थप ८ दिन थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले थप ८ दिन निषेधाज्ञा थप गरेको हो ।जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका निषेधाज्ञा थप गरिएको हो । पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । असार १ गतेबाट निषेधाज्ञा खुकुलो पार्दै गएकोमा

सम्बन्धित सामग्री

उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत

उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली

माघ १४, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् ।  ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।    शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा […]

काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली […]

जोरबिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालयलाई यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीहरुले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो । छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरूको भीड

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने

काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको छ। भोली शुक्रबार राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु हुने जनाईएको छ।   काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो। काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलकाअनुसार जोर गते जोर, अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गने अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिब्र रुपले फैलिएपछि सरकारले दिएको अधिकार प्रयोग गरि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले यस्तो निर्णय गरेका हुन्।

सुर्खेतमा सवारी साधनमा लगाइएको जोर–बिजोर हट्यो

सुर्खेतमा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली अन्त्य गरिएसँगै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।  गएको असार १८ गतेदेखि सुर्खेत जिल्लाभित्र मात्र सञ्चालन गर्न पाइने गरी जोरबिजोर प्रणाली लागु गरिएको थियो ।  मंगलबार यातायात व्यवसायीसँग छलफल गरेर जोरबिजोर हटाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जोरबिजोर प्रणाली हटाई जिल्लाभित्र यातायात सेवा संचालन गर्ने, कतिपय सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सबै सवारी साधनले तोकिए

काठमाडाैं उपत्यकामा आजदेखि जाेरबिजाेर प्रणाली हट्याे

काठमाडाैं। काठमाडौं उपत्यकाभित्र सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ। गत साता सवारी साधन खुला गर्दै जोरबिजोर प्रणालीमा २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु खुला गरेको थियो। तर आजदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै जोरबिजोर प्रणाली हटाएर सबै सवारी साधन खुला गरेको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने मास्कलगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।

आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पार्दै आजदेखि सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाइएको हो । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउँदै सार्वजनिक सवारी साधन, सानाठुला सबै गाडी चल्न दिने निर्णय गरेको […]