कोरोना नियन्त्रणमा चुक्यो सरकार | Nagarik News - Nepal Republic Media
सरकारको ध्यान संक्रमणसँग जुध्न आवश्यक व्यवस्थापकीय पक्षमा छैन, उल्टो विषयान्तर गरेर अकर्मण्यता छोप्ने र परिस्थिति आफ्नो अनुकूल बनाउन लकडाउनलाई उपयोग गर्ने नीतितिर अग्रसर छ।
धनगढी – साउन महिना सुरु भएयता दिन प्रतिदिन कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेश सरकार रोकथाम तथा व्यवस्थापनमा जुटेको छ। साउन १ गते सुदूरपश्चिम प्रदेशमा ३ जनामा देखिएको संक्रमण दैनिक बढ्दै साउन १८ सम्म पुग्दा दैनिक ५४ जनामा देखिएको छ। यसरी दैनिक संक्रमण तीव्र रुपमा बढेपछि प्रदेश सरकार नियन्त्रण र व्यवस्थापनमा जुटेको हो। अहिले कोरोना […]
लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमण दर दैनिक वृद्धि भएपछि सरकार नियन्त्रणमा र व्यवस्थापनमा चुकेको सरोकारवालाहरूले आरोप लगाएका छन् । उनीहरूले खुला सिमानामा चेकजाँचमा कम भएको, नाकामा होल्डिङको अभाव र भएका पनि सञ्चालन हुन नसकेको ,कतिपय जिल्लाहरूका पीसीआर टेस्ट समेत रोक्दा कोरोना सङ्क्रमण र जोखिम बढेर गएको आरोप लगाएका हुन् । सोमबार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीदेखि शान्ति समाज नेपा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ। त्यसैले अहिले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै एक हुनुपर्छ।’ सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विश्वव्यापी चुनौतीका रुपमा देखा परेको कोरोना भाइरस नियन्त्रणमा सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा उनले छिटोभन्दा छिटो नेपाललाई कोरोनामुक्त पार्ने ध्येयका साथ स्वास्थ्य सेवालाई प्रभावकारी, जनमुखी, सर्वसुलभ र जनउत्तरदायी बनाउन सरकारको ध्यान केन्द्रित भएको बताए । जनस्वास्थ्यका मापदण्डको पालना र कोभिड–१९ विरुद्धको खोप अभियानमा सक्रिय सहभागिताले नै कोरोना नियन्त्रणमा सहयोग मिल्न
हेटौंडा : कोरोना भाइरसको संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहँदा यसको नियन्त्रणमा बागमती प्रदेश सरकारको भूमिका कमजोर देखिएको छ।कोरोना संक्रमितको उपचार र यसको नियन्त्रणमा निजी क्षेत्रदेखि प्रतिपक्षी दल सक्रिय हुँदा बागमती प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। राजधानी हेटौंडामा दैनिक कोरोना संक्रमणका कारण २ देखि ६ जनासम्मको ज्यान गइरहेको छ। यस्तोमा पनि प्रदेश सरकारले ठोस कदम चाल्न सकेको छैन। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएको दुई महिना पुग्न लागिस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण रोक्न सरकार चारैतिरबाट चुकेको आरोप लगाउँदै रोकथाम लगायत समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहिबार पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरु सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिड १९ महामारीको पहिलेको चरणभन्दा दोस्रो चरण भयावह भएको …
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् ।आइतबार विराटनगरस्थित कोइराला निवासमा संवाददातासँग कुरा गर्दै कोइरालाले सत्तारुल दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । “कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो, उनले भने, “सीमा नाकामा समयमै […]
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना माहामारी नियन्त्रणमा सरकार गैर जिम्मेवार बनेका कारण अहिलेको अवस्था आएको आरोप लगाएको छ।नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस शिर्ष नेताले सरकारले महामारी नियन्त्रणमा लापरवाही गरेको आरोप लगाएका हुन्।वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारकै लापरबाहीका कारण मुलुकमा कोरोना महामारी थप भयावह बनेको आरोप लगाए। उनले सरकारले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गरा
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन्। आज कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, “सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन, सरकारले खोप ल्याउन सकेन।” सरकारले अन्तर्राष्ट्रिय सहयोग पनि जुटाउन नसकेको भन्दै भूकम्पका बेला आफूहरुले अन्तर्राष्ट्रिय सहयोग ल्याएको बताए।
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। "सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन," उनले भनेका छन्।