संकटकालीन अर्थतन्त्र कसरी उकास्ने ?

काठमाडौँ – विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स र नेपाल भित्रिरहेका विदेशी पर्यटकका कारण नेपाली अर्थतन्त्रले घुँडा टेके पनि सास जोगाएको छ। छिमेकी श्रीलंका आर्थिक रुपमा टाट पल्टिदा नेपालको अवस्था पनि लगभग त्यस्तै थियो। चुनावअघिको परिदृश्य निकै संकटकालीन हुँदा धेरैले अर्थतन्त्रबारे टिप्पणी गर्न सकेका थिएनन्। तर अहिले नेपालको अर्थतन्त्र ढिलै भए पनि बिस्तारै पुरानो लयमा फर्किन […]

सम्बन्धित सामग्री

अर्थतन्त्र उकास्ने उपाय

पछिल्लो समय विप्रेषणका कारण बैंकमा तरलता थुप्रिँदै जाने क्रम बढ्दै गए पनि सोही अनुपातमा बजारमा लगानी बढ्न सकेको छैन। उच्च ब्याज दर, बढ्दो मुद्रास्फीति, पुँजीगत खर्चको दयनीय अवस्था, संकुचित निजी एवम् बाह्य लगानी र बजार मागमा आएको सुस्तीका कारण अर्थतन्त्रमा...

अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रको माग

खस्किँदै गएको अर्थतन्त्र उकास्ने बजेट ल्याउन निजी क्षेत्रले माग गरेको छ । शनिबार विराटनगरमा आयोजित उद्योग संगठन मोरङको पदस्थापन कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले अर्थतन्त्र उकास्ने बजेट ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।...

नवनियुक्त अर्थमन्त्रीका चुनौती र गर्नुपर्ने काम

विभिन्न कारणले गर्दा अहिले नेपाली अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । अर्थतन्त्रलाई उकास्ने जिम्मेवारी नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतको काँधमा पुगेको छ । अहिले नेपाली अर्थतन्त्रमा थुप्रै चुनौती छन् । त्यसमा एउटा मुख्य चुनौती हो,...

व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघको टोलीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो । छलफलमा मन्त्री भण्डारीले परिसंघले दिएको अवधारणा तथा […]

अर्थतन्त्र उकास्ने दूरदर्शी नेतृत्व चाहियोः अर्थविद्

काठमाडौं, २१ मंसिर । अर्थविद् डा. चन्द्रमणि अधिकारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेको बताएका छन् । ‘अहिले जनजीवन अस्तव्यस्त छ । राजस्व घाटा छ । उद्योग पूर्ण क्षमतामा चल्न सकेका छैनन् । सेयर मार्केट ५० प्रतिशतले घटेको छ । दैनिक खर्च चलाउन पनि पैसा नहुने अवस्था छ । मुद्रास्फिति बढ्ने र आर्थिकवृद्धि कम हुने देखिएको […]

अर्थतन्त्र उकास्ने कडी स्वदेशी जडिबुटी

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जडिबुटीको बढिरहेको मागले आशा जगाएको छ । भावी दिनमा जडिबुटी निर्यातबाट मुलुकले आर्थिक समृद्धिमा फड्को मार्न सक्छ । तर यसका लागि खाँचो छ नीतिगत सुधारको । विभिन्न मुलुकमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको तथ्यांक सार्वजनिक भइरहँदा गर्व महसुस गर्नैपर्छ । लामो समयसम्म विश्व नै कोरोना भाइरसको महामारीमा गुज्रिरह्यो । हामीलाई […]

यूएईमा अब विदेशीलाई बसाइँ सर्न सहज बनाइने, अर्थतन्त्र उकास्ने कदम

संयुक्त अरब अमिरात (यूएई) ले अर्थतन्त्र उकास्ने तथा विदेशीहरूका लागि बसाइँ सर्न सहज बनाउने कानून बनाउने योजना आइतवार सार्वजनिक गरेको छ ।  अहिले उक्त मुलुकले विदेशी व्यक्ति र पूँजी आकर्षण गर्न चाहेको हो ।  खाडीका अन्य मुलुकले संरक्षणवादी नीति अपनाइरहेको बेलामा यूएईले चाहिँ विदेशी प्रतिभालाई आकर्षण गर्न खोजेको हो ।  अर्थमन्त्री अब्दुल्ला बिन तौकले आगामी वर्ष अर्थतन्त्रमा १३.६ अर्ब डलर प्रवाह गर्ने प्रतिज्ञा गरेका छन् । उनले अबका वर्षहरूमा देशको विकास १० प्रतिशतले बढाउनका लागि लगानीका अवसरहरूको खाका प्रस्तु...

‘अहिलेलाई अर्थतन्त्र उकास्ने मुख्य अस्त्र खोप नै हो’

२० साउन, काठमाडौं । देशको अर्थतन्त्र कोभिड-१९ महामारीको दोस्रो लहरबाट प्रभावित छ । बजारमा माग शिथिल भएका कारण धेरै उद्योग-व्यवसाय अप्ठेरो परिस्थितिबाट गुजि्ररहेका छन् । यही समयमा सरकार परिवर्तन भएर गत जेठ १५ मा अध्यादेशबाट ल्याइएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट ल्याउने चर्चा छ । मौद्रिक नीति ल्याउन ढिलाइ भएको छ । यस्तो परिस्थितिमा पनि […]

अर्थतन्त्र उकास्ने किसिमको बजेट आउनुपर्ने उद्योगीको माग

विराटनगर । प्रदेश १ का उद्योगी व्यवसायीले कोभिड प्रभावित अर्थतन्त्र उकास्ने किसिमको बजेट आउनुपर्नेमा जोड दिएका छन् । सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेपछि उनीहरूले उद्योग र व्यवसायमैत्री बजेट ल्याउनुपर्ने माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले कोरोनाका कारण थलिएको अर्थतन्त्र र निजीक्षेत्रलाई माथि उठाउने किसिमको बजेट आउनुपर्ने बताए । कोभिडको दोस्रो लहर आउने थाहा हुँदाहुँदै पनि सरकारले पूर्वतयारी नगर्दा मुलुकमा अहिलेको भयावह अवस्था सृजना हुन पुगेको टिप्पणी उनले गरे । ‘बजार बन्द छ, उद्योगले उत्पादन गरेका सामान गोदाम थन्किएका छन्, कर्मचारी, मजदूरलाई पारिश्रमिक भुक्तानी गरिरहनुपरेको छ, बैंकको किस्ता र ब्याज तिर्नु परिरहेको छ । अन्य उद्योगको अवस्था जटिल हँुदाहँुदै खाद्यान्न र दैनिक उपभोग्य वस्तु उत्पादन हुने उद्योग पनि अहिले बन्द हुन थालेका छन्,’ उनले भने, ‘यो अवस्थाबाट माथि मुलुकलाई उठाउने किसिमको बजेट आउनुपर्छ, जसले उद्योगी व्यवसायीका समस्याको पनि सम्बोधन गरोस् ।’ नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ अध्यक्ष भीम घिमिरेले सरकारले ल्याउने आगामी बजेटमा उत्पादनमूलक उद्योगलाई पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने, राष्ट्र बैंकले बैंकहरूलाई दिने पुनर्कर्जाको रकम त्यति नै ब्याजदरमा उद्योगहरूलाई दिनुपर्ने बताए । घिमिरेले पर्यटनको विकासमा सघाउ पुग्नेगरी पाँचतारे होटल, रिक्रिएशन सेन्टर र केबुलकार स्थापनाका लागि सरकारले ३० वर्षसम्म निःशुल्क जमीन उपलब्ध गराउने नीति अवलम्बन गर्नुपर्ने बताए । आगामी बजेटमा प्रत्येक प्रदेशमा आधुनिक प्रदर्शनीस्थल र सुनसरी मोरङ औद्योगिक कोरिडोरभन्दा बाहिर सुनसरीको अमडुवामा रहेको ६५० बिगाहा जमीनमा आधुनिक औद्योगिक क्षेत्रको विकास गर्नुपर्ने माग गरे । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले मुलुकको अर्थतन्त्रको जग भनेकै निजीक्षेत्र भएकाले निजीक्षेत्रलाई बचाउन सरकारले विशेष प्याकेज कार्यक्रम ल्याउनुपर्ने बताए । पहिले उद्योगमा कार्यरत मजदूर कर्मचारीलाई निःशुल्क खोपको व्यवस्था गरेर उद्योगमा भयरहित वातावरणमा काम गर्ने अवस्था सृजना गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थाहरूको ताकेता कम गर्न ऋणको ब्याज र कर तिर्ने तालिका परिवर्तन गरी सुलभ तालिका लागू गर्नुपर्नेमा जोड दिए । उद्योगीका अनुसार पछिल्लो समय उद्योगमा काम गर्न गाउँबाट मजदूर आउने क्रम घटेको छ । कोभिड नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा अवधिमा सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४० प्रतिशत उद्योग सञ्चालनमा रहे पनि मजदूर र कर्मचारीको अभाव छ । कोभिड संक्रमणको त्रासले गाउँबाट काम गर्न मजदूर आउन कम भएपछि उद्योगको उत्पादनमा समेत कटौती गर्नुपरिरहेको उद्योगीले बताएका छन् । यसैबीच, सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका उद्योग तथा प्रदेश १ का व्यवसायीको प्रतिनिधित्व गर्ने मोरङ व्यापार संघले गभर्नरलाई पत्र लेख्दै उद्योग व्यवसाय लकडाउनको कारण थला परेका बेला ऋणको किस्ता तिर्ने समय सीमा बढाइदिन आग्रह गरेका छन् । संघका अध्यक्ष प्रकाश मुन्दडाले आइतवार गभर्नर महाप्रसाद अधिकारीलाई पठाएको पत्रमा कोभिड महामारीले निम्त्याएको प्रतिकूलताले बैंकको कर्जा लिएका ऋणीलाई कर्जा भुक्तानी गर्न ठूलो समस्या परिरहेको भन्दै किस्ता भुक्तानीको म्याद थप गर्न आग्रह गरिएको छ । विभिन्न वर्गका बैंकबाट चर्काे ब्याजदरमा कर्जा लिएका आम सर्वसाधारण तथा मझौला उद्यमी व्यवसायी लगायत सबै प्रकारका ऋणीको हकमा कर्जा तथा किस्ता भुक्तानी गर्ने म्याद थप गर्न, ब्याजदरमा लचकता अपनाउन, कर्जाको पुनर्तालिकीकरण गर्न, पुनर्कर्जा लगायत राहत प्याकेजको व्यवस्था मिलाई समयसापेक्ष कदम चाल्न आग्रह गरिएको छ ।