संयुक्त अरब अमिरात (यूएई) ले अर्थतन्त्र उकास्ने तथा विदेशीहरूका लागि बसाइँ सर्न सहज बनाउने कानून बनाउने योजना आइतवार सार्वजनिक गरेको छ ।
अहिले उक्त मुलुकले विदेशी व्यक्ति र पूँजी आकर्षण गर्न चाहेको हो ।
खाडीका अन्य मुलुकले संरक्षणवादी नीति अपनाइरहेको बेलामा यूएईले चाहिँ विदेशी प्रतिभालाई आकर्षण गर्न खोजेको हो ।
अर्थमन्त्री अब्दुल्ला बिन तौकले आगामी वर्ष अर्थतन्त्रमा १३.६ अर्ब डलर प्रवाह गर्ने प्रतिज्ञा गरेका छन् । उनले अबका वर्षहरूमा देशको विकास १० प्रतिशतले बढाउनका लागि लगानीका अवसरहरूको खाका प्रस्तु...