सुनको गहना सफा गर्ने बहानामा ठगेको आरोपमा प्रहरीले उदयपुरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय अरुण शाह र बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह छन् । सुन टल्काउने ‘पिताम्बर व्यापारी हौं’ भनेर ललाई–फकाई गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर सुन खियाएर उनीहरुले ठग्ने गरेको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।आरोपीहरुले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा बस्ने कमला राईलाई फकाएर सुनको सिक्री टल्काइदिने नाम