जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका महासचिव दीप