अखिल नेपाल राष्ट्रियस्ता विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । नेपाल सरकार र नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी नेपाली जनताको ढाड सेक्ने काम गर्दै आएको भन्दै सङ्गठनले त्यसको विरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य बढिरहेको छ, जसले गर्दा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै