आजदेखि फेरि विदेशमा अलपत्र नेपाली स्वेदश फर्किँदै, एक हप्तामा चालिस उडान हुने

काठमाडौं : दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि पुनः सुरु भएको छ।  झण्डै एक महिना लगातार भएका उद्धार उडानबारे समीक्षा गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई दिन उद्धार कार्य स्थगित गरेको थियो।  आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ। यो ह...

सम्बन्धित सामग्री

उडान संख्या थपेर विदेशमा अलपत्र नेपाली ल्याउन संसदीय समितिकाे निर्देशन

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट

उद्धारका नाममा ‘व्यापार’

विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार खटनपटनमा सक्रिय सिसिएमसी तथा विदेशस्थित नेपाली नियोगहरूको ध्यान निःशुल्क उडानको साटो चार्टर उडान थप गर्नेतिर केन्द्रित छ।

यस कारण विदेशबाट हुने उद्धार उडान स्थगित

काठमाडौँ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो । सोही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली …

विदेशमा अलपत्र नेपाली : चौथो चरणको उद्धार उडान सुरु

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उडान सुरु भएको छ । कोभिड– १९ महामारीका कारण

नेपाल वायुसेवा निगमको कतार र युएई उडान रद्ध

काठमाडौं : विदेशमा अलपत्र नेपाली नागरिकलाई उद्बारका लागि उडान भर्न लागिएको नेपाल वायुसेवा निगमको जहाज रोकिएको छ। कतार र युएईबाट नेपाली नागरिकको उद्बार गर्ने पट्ठर्वनिर्धारित समयानुसार उडान भर्न लागेको थियो। नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खडका अनुसार विमानस्थलमा भित्र्याउन पिसिआर परीक्षण गर्नुपर्ने भएकोले...

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको चाङ्सा उडेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज चाङ्सा गएको विमानस्थलले जनाएको छ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो । उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ ।

नेपालीको उद्धार गर्ने चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक

काठमाडौँ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो । हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलङ्काको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ …

हिमालयले सार्वजनिक गर्‍यो ‘उद्धार’ उडानको भाडादर र टिकेटिङ एजेन्टको सुची

१ असार, काठमाडौं । हिमालय एयरलाइन्सले जुन २०सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने 'चार्टर' उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको तालिकाअनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा हुने देखिएको …

नेपालीको उद्दारमा अब विदेशी विमान

सरकारले विदेशी विमान कम्पनीलाई पनि विदेशमा अलपत्र नेपाली उद्दार अनुमति दिने भएको छ । सरकारको यस्तो तयारीसँगै विदेशबाट फिर्ता ल्याउने नेपाली नागरिकको उडान उद्दार तालिका तथा भाडादरमा पुनरावलोकन हुने भएको छ । कहाँबाट कसरी सहज, सुलभ र मितव्ययी ढंगबाट उद्दार गर्न सकिन्छ भनेर सरकारले यस्तो निर्णय गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । उनले भने, “अब नेपालबाट पनि र विदेशबाट पनि सम्बन्धित देशका विमान कम्पनीले हाम्रो दूतावासँगको सहजीकरणमा उद्दार गर्न पाउने व्यवस्था गर्दैछौं । तर, त्यसको लागि नेपाल सरकारले तोकेको शर्त भने पूरा गर्नुपर्ने छ ।”